कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्की जिल्ला जुडो संघले जित्यो ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ को उपाधी

बिरुवा खबर बिरुवा खबर
Health, खेलकुद, समाचार
February 24, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।

कास्की जिल्ला जुडो संघको आयोजनामा भएको ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ भव्य रुपमा सम्पन्न भएको छ ।

“राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ शुक्रबार र शनिबार पोखरा रंगशालाको कभड हलमा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद नन्द प्रसाद न्यौपानेको आतित्यथामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले कुनैपनि व्यक्तिलाई खेलकुदले मर्यादाता, अनुशासन र समुहमा मिलेर काम गर्ने सक्ने बानिको विकास गर्ने बताए ।

उनले खेलाडीहरु भनेको राष्ट्रको गहना भएको र विभिन्न खेलका माध्यमबाट खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गरि विश्वसामु नेपाललाई चिनाउन यस क्षेत्रले प्रमुख भूमिका खेलेको बताए ।

प्रमुख अतिथि न्यौपानेले जुडो वास्तवमा निकै अनुशासित र उत्कृष्ट खेल भएको तर यस खेलको विकासका लागि यस खेलसँग सम्बन्धीत निकाय र सरकारको त्यति ध्यान जान नसकेकोले सबैको ध्यान केन्द्रित गर्नको लागि आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा कास्की, गार्खा, नवलपुर, मोरङ, बिराटनगर र सुनसरी गरि ६ वटा टिमबाट पुरुषतर्फ १० र महिलातर्फ ८ गरि १८ वटा तौल समुहमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ –२५, –३०, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ केजी गरी १० तौल समुहमा प्रतिस्पर्धा भएको थियो । यस्तै महिलातर्फ –२८, –३२, –३८, –४४, –४८, ५२ र +५७ केजी गरी ७ तौल समुहमा प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतियोगितामा पुरुषतर्फ –२५ केजी तौल समुह अन्तर्गत मोरङका निखिल शाहीले स्वर्ण पदक, विराटनगरका निर्भिक प्रताप रानाले रजत पदक र कास्कीका महिष विक र नवलपुरका सोनम विकले कास्य पदक जितेका थिए ।

–३० केजी तौल समुहतर्फ कास्कीका निशान नेपाली र मञ्जित परियारले स्वर्ण र रजत र गार्खाका सुनिल लिम्बूले कास्य पदक प्राप्त गर्न सफल भए । –३५ केजी तौल समुहमा मोरङका विज्ञान अधिकारी स्वर्ण, गार्खाका अमोद कुमार रजत र कास्कीका शिरीष पुनले कास्य पदक हात पारे ।

पुरुषतर्फको नै –४० केजी तौलमा विराटनगरका सुजन राजवंशी स्वर्ण र मोरङका सोनम कुमार देओले रजत पदक जिते । –४५ केजीमा संजोक परियार कास्कीबाट स्वर्ण, प्रसात राई सुनसरीबाट रजत र गार्खाका शिव मरासोरनीले कास्य पदक प्राप्त गरे ।

कास्कीका आदित्य गुप्ता, विराटनगरबाट सरोज राजवंशी, कास्कीका तितस खड्का र स्यामुयल लिम्बूले –५० केजीमा क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

–५५ केजी तौलमा कास्कीका आयुष महतो, नवलपुरका देभिस गुरुङ, मोरङका हिमान्सु कुमार पाल र विराटनगरका लक्की राजवंशीले क्रमश स्वर्ण, रजत र कास्य पदक हासिल गरे ।

यस्तै पुरुष तौल समूह अन्तर्गत नै –६० केजीमा गार्खाका दिपेश गुरुङ, कास्कीका मनिष परियार र बिराटनगरका अनुज रावंशीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेका छन् ।

–६६ केजीमा आशिष तामाङले कास्कीका लागि स्वर्ण, गोर्खाका मनोज तामाङले रजत, बिराटनगरका आरुस पाखरेल र नवलपुरका सन्दिप परियारले कास्य पदक पाउन सफल भए ।

पुरुषतर्फ नै अन्तिम तौलसमुह अन्र्तगत +७३ केजीमा कास्कीका विज्ञान टि खत्री, विराटनगरका रोशन राजवंशी र सुनसरीका अक्लिस शाही ठकुरीले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

त्यस्तै महिला तौल समुह अन्र्तगत ७ वटा विधामा भएको प्रतियोगितामा –२८ केजीमा कास्कीकी निशा नेपाली, मोरङकी रिया शाह र गोर्खाकी कृति वि.क.ले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

–३२ केजीमा मोरङकी संस्कृति अर्घहरीले स्वर्ण, कास्कीकी बिषु मगरले रजत, कास्कीकै जमुना श्रेष्ठले र गोर्खाकी सुरक्षा परियारले कास्य पदक हासिल गरे ।

यस्तै –३८ केजीमा कास्कीकै आश्मा गुरुङ र गंगा श्रेष्ठले स्वर्ण र रजत पदक प्राप्त गरे । महिलातर्फको नै अर्को तौलसमुह अन्र्तगत –४४ केजीमा कास्कीकी मनमाया तामाङ, गोर्खाकी प्रतिका नेपाली, सुनसरीकी प्रासन्ना राई र नवलपुरकी मेघ्मा गुरुङले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।

कास्कीका दुई खेलाडी कमला तामाङ र अनिता परियारले क्रमश –४८ केजीमा स्वर्ण र रजत प्राप्त गरे । –५२ केजीको विधामा बिराटनगरकी यशिका खड्का र सुनसरीकी सुप्रिया राईले स्वर्ण र रजत हासिल गर्न सफल भए ।

यसै प्रतियोगिता अन्र्तगत –५७ केजी तौल समुहमा कास्कीकी मिक्सा लिम्बु, गोर्खाकी मनिषा तामाङ, सुनसरीकी दिपसिका आचाजु र समिक्षा धमेलले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

यस्तै ११ वटा स्वर्ण, ४ रजत र ३ कास्य गरी १८ वटा पदकसहित कास्की जिल्ला टिम च्याम्पियन बनेको छ । मोरङले ३ स्वर्ण, २ रजत र १ कास्य गरी ६ वटा पदकसहित दोस्रो हुन सफल भएको छ ।

त्यसैगरी २ स्वर्ण, ४ रजत र २ कास्य गरी विराटनगर तेस्रो भएको छ ।

यस्तै पुरुषतर्फको प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी कास्कीका आयुष महतोले जितेका छन् भने महिलातर्फ मोरङकी संस्कृति अर्घहरीले उपाधी चुमेकी छन् ।

सो कार्यक्रममा विगत १६ वर्षदेखि निरन्तर रुपमा जुडो खेलको विकासका निम्ति लागि परेका स्वयम सेवक प्रशिक्षक रबि चौधरीलाई आयोजक संस्था कास्की जिल्ला जुडो संघले सम्मान समेत गरेका छ ।

कार्यक्रममा संघका उपाध्यक्ष सन्त बहादुर लामिछानेले आर्थिक अभावका वावजुत पनि यस जुडो खेल र खेलाडीको समग्र विकासका निम्ति प्रतियोगिता आयोजना गरेको बताए ।

उनले केही समय हुन नसकेको खेलकुदको गतिविधिलाई चलायमान बनाउन पनि आफुहरुको नयाँ आएको टिमले छोटो समयमा नै विभिन्न कठिनाइहरुको सामना गर्दै प्रतियोगिताको आयोजना गरेको बताए ।

खेलकुद क्षेत्रसँग सम्बन्धीत निकायहरुबाट सोचे अनुरुपकोसहयोग प्राप्त नभएपनि संघभित्र कै पदाधिकारीहरुबाट र केही सहयोगी दाताहरुको हातेमालोमा प्रतियोगितालाई सफलतापूर्व सञ्चालन गरेको जनाए ।

संघका अध्यक्ष पद्य बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जुडो महासंघका महासचिव प्रकाश पाण्डे, गण्डकी प्रदेशका महासचिव निरज पन्त आइजेएफ रेफ्रि पृथ्वी आलोक लगायतले आफ्ना भनाइहरु राखेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन