कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन हुँदै

बिरुवा खबर बिरुवा खबर
समाचार
June 14, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ ।
कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा आज  देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिएको छ। विभूति, तिलक र प्रसाद लिन भक्तजनको भिड लागेको थियो ।
त्यसै गरी हवन कुण्डमा रहेका  इट्टा पनि वितरण गरिएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।
कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार आज वितरण गरिएको छ । प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५  हेमजा प्रथम हुँदै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा  माछापुच्छेे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय हुँदै २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।
त्यस्तै बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय भएर १ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्दा राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना हुँदै ६५÷६५ हजार प्राप्त गरे ।
त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।
त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भएका थिए । यी सवै समूहले नगद २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । विजयी समूहलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पुरस्कार प्रदान गरेका थिए ।
कोटिहोममा  खैसरा क्षेत्री सपरिवार पोखरा–१७ बाट तुलादान चौरसी पुजा सहित १ लाख १९ हजार, डा. योगी विकासनन्द गुरुदेव पोखरा–२३ बाट १ लाख ८ हजार, क्या. याम प्रसाद लामिछाने सपरिवार पोखरा–१७ बाट ५१ हजार १ सय ५, गुरुदत्त ढकाल पोखरा–१७ बाट २६ हजार १ सय २५, भागीरथी आचार्य पोखरा–१६ बाट ४० हजार, नगेन्द्र शर्मा भण्डारी पोखरा–१७ बाट २५ हजार ५ सय ५५, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दीर पोखरा–१७ बाट २५ हजार ५ सय २५, धनमाया कुँवर सपरिवार पोखरा–२१ बाट २५ हजार ६ सय ३०, ज्योतिष सुनझाक्री कास्की माछापुच्छे गाउँपालिका – ६ बाट २५ हजार ५ सय, जसोदा कार्की सपरिवार पोखरा–१७ बाट २५ हजार, कृष्ण प्रसाद उर्मिला जमरकट्टेल पोखर–१७ बाट २५ हजार ५ सय ५५, आयुर्वेदिक पथ टोल विकास समिति पोखरा–१७ बाट २५ हजार ५ सय ५५, धर्मराज चापागाईँ पोखरा–३० बाट २५ हजार १ सय,  प्रजापति पराजुली पोखर–२ बाट २५ हजार ५ सय २५, गोमा अधिकारी चितवन हाल अमेरीका बाट २५ हजार, राजु थापा मगर पोखरा–६ बाट १५ हजार ५ सय ५५, विश्व हिन्दु महासङ्घ नेपाल जिल्ला कार्यसमिति कास्की पोखरा–१० बाट ५१ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गरिरहेकी छन् । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोमको विधिवत् समापन भने भोलि हुने छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन