पोखरा | गण्डकी प्रदेशमा आगामी जेष्ठ ७ र ८ गते, २०८३, जुन २० र २१, २०२६० मा आयोजना हुने गण्डकी प्रदेश युवा सम्मेलन २०२६ ले युवाहरूलाई डिजिटल नागरिक क्षेत्र सुदृढीकरणतर्फ एकजुट गराउने लक्ष्य राखेको छ ।
“युवा एकतामा, डिजिटल नागरिक क्षेत्र सुदृढीकरणमा” भन्ने नारासहित सम्मेलनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य रहनेछ ।
यस सम्मेलनलाई युरोपियन युनियनले वित्तीय सहयोग गरेको छ भने एनजीओ महासंघ नेपाल गण्डकी प्रदेश , युथ इनिसिएटिभ गण्डकी प्रदेश , र CIVICUS जस्ता संस्थाहरूले सह–आयोजन गरेका छन्।
महत्वपूर्ण कुरा, यस सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका युवाहरू मात्र आवेदन दिन योग्य हुनेछन्। आयोजकहरूले आवेदन फारम खुला गरेका छन्, जसको अन्तिम मिति जेष्ठ ३१ गते, २०८३ ९जुन १५, २०२६०, साँझ ५ बजे तोकिएको छ। इच्छुक युवाहरूले तत्काल आवेदन दिनुपर्नेछ।
यो सम्मेलनले युवाहरूलाई डिजिटल सहभागिता, नागरिक अधिकार, र सामाजिक नेतृत्वमा सक्रिय बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
https://forms.gle/aGhBbfjM8ieKED5B9
https://www.facebook.com/share/p/1HbuDQdHvi/














प्रतिक्रिया लेख्नुहोस्:-