कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छाचोक तीज मेला २०८३ भव्य रूपमा सम्पन्न

बिरुवा खबर बिरुवा खबर
समाचार, खेलकुद
September 16, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । मादी गाउँपालिकाको प्रायोजन, मादी गाउँपालिका–७ को सह–प्रायोजन तथा सधाखर सापकोटाको प्रायोजनमा शुभकामना क्लबको आयोजनामा सञ्चालित ‘छाचोक तीज मेला २०८३’ विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
मेला अन्तर्गत भदौ २८ गते मादी गाउँपालिका–७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङले भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। क्लबका अध्यक्ष गंगा दत्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका–५ का वडा अध्यक्ष होमनाथ अधिकारी, मादी पावर प्रालिका Mr. Chen Canhuai, बज्र इनर्जी भेन्चरका बाबुराम सापकोटा तथा मादी गाउँपालिका–७ का वडा सदस्य योगराज रेग्मीलगायतको उपस्थिति रहेको थियो।
भलिबल प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा ठकुरी समाज प्रथम र आयोजक शुभकामना क्लब द्वितीय भएका थिए। प्रतियोगिता क्लबका खेल संयोजक बद्री प्रसाद गौतमको संयोजनमा सञ्चालन गरिएको थियो।


त्यसैगरी, भदौ २९ गते पहिलोपटक आयोजना गरिएको मिनी माउन्टेन म्याराथन प्रतियोगिताको उद्घाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्नुभएको थियो। क्लबका सदस्य सुनिल गौतमको संयोजकत्वमा भएको प्रतियोगितामा पुरुषतर्फ ५५ जना र महिलातर्फ १२ जना गरी ६७ जनाको सहभागिता रहेको थियो।
म्याराथनको पुरुषतर्फ महेन्द्र बहादुर बोगटी प्रथम र ईश्वर ढकाल द्वितीय हुनुभयो। महिलातर्फ पूजा शाही प्रथम र मनिता ढकाल द्वितीय हुनुभयो।
मेलामा आयोजना गरिएको ठेला प्रतियोगितामा शुभकामना क्लबका सदस्य वीर बहादुर रानामगर प्रथम हुनुभयो भने रस्साकस्सी प्रतियोगितामा सवीको टिम प्रथम भएको थियो।
त्यस्तै, तीज गीत प्रतियोगितामा बाल पदमको टिम प्रथम, डाँडाघरेको टिम द्वितीय, सापकोटा दिदीबहिनी समूह तृतीय तथा उप्लोस्वारा समूह चौथो भएका थिए। विजयी तथा सहभागीहरूलाई सांस्कृतिक संयोजक बल बहादुर शाहीले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय कलाकार आयुष परियार तथा बत्ती थापा मगरले सांगीतिक प्रस्तुति दिनुभएको थियो। कलाकारहरूको प्रस्तुतिले मेलालाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो।
मेलालाई सभ्य, सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गर्न माथिल्लो मादी जलविद्युत आयोजना सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीबाट सुरक्षा व्यवस्था गरिएको थियो। साथै, छाचोक आधारभूत अस्पतालको सहयोगमा स्वास्थ्य सेवा समेत उपलब्ध गराइएको थियो।
कार्यक्रमको सञ्चालन शुभकामना क्लबका सचिव विशाल पराजुली तथा सदस्य सुरेश सापकोटाले गर्नुभएको थियो। क्लबका सल्लाहकार सन्तोष शाही र रामचन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
मेलाका संयोजक राजेन्द्र सापकोटाले कार्यक्रमका गतिविधिबारे विस्तृत जानकारी गराउनुभएको थियो भने आर्थिक संयोजक प्रकाश पौडेलले आर्थिक व्यवस्थापनसम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो। क्लबका निवर्तमान अध्यक्ष तथा हाल रोमानियामा रहनुभएका बुद्धि बहादुर सापकोटा र दुबईमा रहनुभएका प्रेम बहादुर शाहीले समेत आर्थिक सहयोग जुटाउन विशेष भूमिका निर्वाह गर्नुभएको क्लबले जनाएको छ।
समग्रमा, ‘छाचोक तीज मेला २०८३’ले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै खेलकुदको प्रवर्द्धन तथा स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन स्वदेश तथा विदेशबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने मादी गाउँपालिका, वडा नं. ७, प्रायोजक तथा सह–प्रायोजक, सुरक्षा निकाय, स्वास्थ्य संस्था, कलाकार, खेलाडी, सहभागी, स्वयंसेवक, क्लबका पदाधिकारी तथा सदस्य र सम्पूर्ण शुभेच्छुकप्रति शुभकामना क्लबले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन