मंसिर २०, बिरुवा ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको छ । पालिकाको वडा नंं. ८ मेथाभुरुम स्थित पुस्पलाल खेलमैदानमा भएको उक्त मंसिर १९ गते देखी २१ गते सम्म चल्नेछ भने प्रतियोगितामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननिय राजु थापाले गर्नुभएको थियो ।
प्रतियोगितामा गाउँपालिकाका ८ वटै वडाका विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, दौड, लङ्जम्प, त्रिपलजम्प, ठेलो फाल्ने, ज्याव्लिङ थ्रो लगायतका खेलमा विद्यार्थीहरुले उत्साहकासाथ प्रतिस्पर्धा गरिरहेका छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि बीमा गरिदिएको छ । १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी विद्यार्थीहरुको १ लाख बराबरको दुर्घटना बीमा गरिएको गाउँ पालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी गराउनुभएको हो । आज बिहिबार दोस्रोदिनको प्रतियोगिताको शुभारम्भ गर्दै अध्यक्ष कुँवरले प्रतियोगितामा सहभागी विद्यार्थीहरुको पालिकाले १ लाख बराबरको दुर्घटना बीमा गरिदिएको जानकारी गराउनुभएको हो ।
अध्यक्ष कुँवरले विगतमा कोरोना कहरका समय बाहेक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तररुपमा गर्दै आएको र अहिले छैटौं संस्करणको प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । खेल सञ्चालन गर्दैगर्दा नयाँ अनुभव र सिकाई भएको उहाँको भनाई छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिताले बाटो खोल्नेहुँदा आगामी दिनमा पनि नियमितरुपमा अगाडि बढाइने प्रतिवद्धता अध्यक्ष कुँवरले व्यक्त गर्नुभयो ।
समुद्घाटन कार्यक्रममा स्थानिय खेलकुद बिकास समिति अध्यक्षको अध्यक्षतामा विशेष अतिथि गण्डकी प्रदेश पुर्व वन तथा बातावरण मन्त्री दीपक चर्ती मगर, पूर्व प्रदेश सभा सदस्य मोहन रेग्मी, उपाध्यष भगवती शर्मा, स्थानिय राजनितिक दशल, पालिका जनप्रतिनिधिहरुको सहभागीतामा भएको थियो ।














प्रतिक्रिया लेख्नुहोस्:-