कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

बिरुवा खबर बिरुवा खबर
समाचार
June 7, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २३ जेठ । जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका रहनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित “जातीय विभेद अन्त्यका लागि सञ्चारकर्मीको भूमिका” विषयक अभिमुखिकरण कार्यक्रमका वक्ताहरुले यस्तो वताएका हुन । राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको आयोजना, कास्की शाखाको सह–आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका हुने बताउँदै समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि गैरदलितले पनि उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पौडेलले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै दलित बर्गको उत्थानका लागि सामथ्र्यको संघर्ष आवश्यक रहेको भन्दै त्यसमा सबै समुदायका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपक परियारले अहिले पनि समाजमा विभेदका जरा गहिरो रहेको बताए । ’मानिसको मस्तिष्कबाट विभेद हट्यो भने मात्रै समाजमा विभेद हट्छ, यसको लागि सबै समुदायका सञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने गर्दछ”, कानुनले छुवाछुत र भेदभावको अन्त्य गरिसकेको भएपनि व्यवहारबाट अझै अन्त्य नहुनु दुःखद रहेको बताउनुभयो । यस्तै दलित संघर्ष समिति कास्की अध्यक्ष भिम नेपालीले जात तथा लिंगका आधारमा हुने सबै खाले विभेद अन्त्यका लागि सबैभन्दा पहिले व्यक्तिको साँेच परिवर्तन हुन आश्यक रहेको र यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन र मान्छेमा जागरण ल्याउनुपर्ने वताउँदै समाजमा यस किसिमको जागरण ल्याउन सञ्चारकर्मिहरुको विशेष भुमिका हुने वताउनुभयो । जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध प्रशस्त कानून निर्माण गरिएपनि कार्यान्वयनको पाटो फितलो हुँदा अझै पनि कुनै न कुनै रुपमा छुवाछुत तथा विभेद जस्ता समस्याहरु समाजमा जडको रुपमा रहेको उहाँले वताउनुभयो । उक्त अवसरमा नेकपा एमाले गण्डकीका सचिवालय सदस्य धन बहादुर नेपाली र कानुन व्यवसायी शिव सुनारले जातीय भदभाव तथा छुवाछुत कसुर र सजाय ऐन तथा नियमावलीमा गरिएका कानुनी व्यवस्थाहरु, विभेदका घटनामा प्रमाणको अभावले गर्दा पीडित कसरी अन्यायमा पर्ने गर्दछन, त्यसमा सञ्चारकर्मीहरुको भुमिका कस्तो हुन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष पुर्ण बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की शाखाका अध्यक्ष सुरेश सुनारले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका प्रदेश सचिव रामशरण नेपालीले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरु, दलित अधिकारकर्मीहरु, सामाजिक अभियन्ताहरु र राजनितिकर्मीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन