पौष ७, स्याङ्जा
समाज सेवी युवा क्लबद्धारा आयोजित साविक वडा स्तरिय पुरुष भलिबल तथा छेलो हान्ने प्रतियोगिताको आर्थिक गतिविधि सार्वजनिक गरिएको छ । मंसिर २३ देखी ३० गते सम्म सञ्चालन भएको प्रतियोगितामा कुल ३ लाख ७९ हजार ३ सय ७२ रुपैयाँ उठेको थियो । जसमा कुल र्खच १ लाख ३५ हजार २ सय २० रुपैया रहेको छ । प्रतियोगिताबाट क्लबलाई जम्मा रु २ लाख ४४ हजार ९२ रुपैया मुनाफा भएको छ । त्यसैमध्ये उठ्न बाकी रु १ लाख ११ हजार १ सय रुपैया रहेको छ ।
गतिविधिहरु सार्वजनिक गर्दै क्लबको बैठकले मुनफा रकम मध्ये ५० हजार बरारको रकम गोरेटो बाटोमा बालिरहेको विजुलि बत्तीमा बाँसको पोल हटाई फलामको पोल राख्ने निर्णय सर्वसम्मत पारित भएको छ । त्यस्तै दुबै मृगौला पिडित डोल बहादुर थापालाई रु ५० हजार रुपैयाँ सहयोग गर्नेछ । १० हजार रुपैयाँ बिरामी देउ बहाुदर थापालार्ई र १० हजार बराबरको रकम जामुनेको घुुम्ती र रानाथरको घुम्तीमा नक्सा सहितको बोर्डमा खर्च गरिनेछ । बाँकी रकम भने क्लबको खातामा रहने तथा भैपरि आउने कार्यमा खर्च गरिने जानकारी क्लबको बरिष्ठ सदस्य सागर थापाले जानकारी दिनुभएको छ ।















प्रतिक्रिया लेख्नुहोस्:-