कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जिटिन गण्डकीमा पुनः किसमकुमारीको अध्यक्षतमा नयाँ कार्यसमिति

बिरुवा खबर बिरुवा खबर
समाचार
January 12, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, २७ पुस । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको     चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ(एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ रहनुभएको छ ।
अधिवेशनका लागि जिटिनका संस्थापक केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, संस्थापक उपाध्यक्ष हर्कबहादुर गुरुङ रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
नव निर्वाचित पदाधिकारीलाई संघद्वारा गुरुङ सम्पदा पदमार्गबारे विस्तृत जानकारी एवम् सप्री ल्होसारका अवसरमा आयोजित विशेष समारोहका बीच नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले खादा तथा अविर लगाएर सम्मान गर्नुुभएको थियो ।
कार्यक्रममा मन्त्री गुरुङले प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै त्यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
गुरुङ पर्यटन व्यवसायी संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै उहाँले यसको प्रवद्र्धन र विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पदयात्रा क्षेत्रलाई व्यवस्थित गर्दै पर्वतीय पर्यटनको विकास गर्नुपर्ने उहाँले आवस्यकता औंल्याउनुभयो । सरकारले जनताले अनुभुती गर्ने गरी काम गर्ने लक्ष्यका साथ अघि बढेको बताउँदै उहाँले काम गर्ने क्रममा आउने गरेका समस्यालाई निराकरण गर्नका लागि बिभिन्न ११ वटा कानुन बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।
संघीय सांसद मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्प बन्नसक्ने बताउनुभयो । गुरुङ समूदायका व्यक्तिहरूले शैक्षिक रुपका साथै अन्य विभिन्न तवरले आँफूलाईसक्षम बनाउनुपर्ने उहाँले बताउनुुभयो । हाम्रो इतिहास रसंस्कृति जोडिएको ठाउँलाई पर्यटकीयरुपमा उपयोगथ गर्दै त्यसबाट समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले संघले यस सम्पदा पदमार्गलाई पर्यटनमा परिणाम दिनेगरी प्रबद्र्धनको प्रयासमा जुटेको बताउनुभयो । संघले अन्वेषण एवम् अनुसन्धान पश्चात यसको प्रवद्र्धनलाई जोड दिएको उहाँले बताउनुुभयो ।
संघका अध्यक्ष किसमकुमारी गुरुङले यस सम्पदा पदमार्गलाई बिभिन्न तीन चरणमा प्रबद्र्धन गर्ने गरी लागेको बताउनुभयो । यसको प्रवद्र्धन र विकासमा तीनवटै तहका साथै सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुुभयो । पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिहरूको प्रवद्र्धनमा निरन्तरता दिदै संस्थामा आवद्ध व्यवसायीहरूको हितको साथै जिटिनलाई थप उचाइमा पु¥याउन सदैव लागी पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । यो पदमार्गलाई प्रवद्र्धन र संरक्षण गर्नुका साथै परम्परागत संस्कृतिलाई संरक्षण गर्ने उहाँले बताउनुुभयो ।
गण्डकी प्रदेशका पर्यटन सचिव कुमान सिंह गुरुङले गुरुङ सम्पदा पदमार्गको पदयात्रा पर्यटनमा धेरैसम्भावना देखिएको बताउँदै यसको उजागर सँगै प्रवद्र्धन र विकासका लागि मन्त्रालयका तर्फबाट निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो ।
कार्यक्रमका अवसरमा सम्पदा पदमार्गको प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पुर्याउनुभएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियोे । उहाँलाई २५ हजार २५ रुपैयाँ नगद र सम्मापत्र प्रदान गरी मन्त्री गुरुङले सम्मान गर्नुभयो । उक्त अवसरमा पदमार्गको अन्वेषणमा महत्वपूर्ण सहयोग गरेको भन्दै जिटिन नेपालका कार्यसमिति सदस्य एवम् अन्वेषण विज्ञ सञ्जीब गुरुङलाई पनि सम्मान गरिएको थियोे ।
संघका अध्यक्ष किसमकुमारी गुरुङको सभापत्वि एवम् महासचिव तुलबहादुर गुरुङले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष विकास गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा जिटिन केन्द्रका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, मादी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङ , नेपाल घरेलुु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङ लगायतले गुरुङ सम्पदा पदमार्गको सम्भावना बारे प्रकाश पार्नुभयो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन