कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डिजिटल अधिकारदेखि युवा सहभागितासम्म: ६ बुँदे घोषणापत्रसहित गण्डकी युवा सम्मेलन सम्पन्न

बिरुवा खबर बिरुवा खबर
समाचार
June 22, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ७ – पोखरा |  ‘डिजिटल नागरिक स्थानलाई बलियो बनाउन युवाहरू एकजुट हुँदै’ भन्ने मूल नारासहित आयोजित गण्डकी प्रदेश युवा सम्मेलन २०८३ पोखरामा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले डिजिटल अधिकार, युवा नेतृत्व, सुशासन, शिक्षा, रोजगारी र जलवायु न्यायका विषयमा केन्द्रित ६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो।

गैरसरकारी संस्था महासङ्घ नेपाल गण्डकी समिति र युवा अभियानको संयुक्त आयोजना तथा युरोपियन युनियन र सिभिकसको सहकार्यमा आयोजित सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका ५० भन्दा बढी युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्मेलनबाट सार्वजनिक ६ बुँदे घोषणापत्रमा डिजिटल अधिकार र गोपनीयताको सुनिश्चितता, स्थानीय तहसम्म गुणस्तरीय इन्टरनेट पहुँच विस्तार, डिजिटल साक्षरता र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी शिक्षा प्रवर्द्धन गर्न माग गरिएको छ। साथै माध्यमिक तहसम्म निःशुल्क, प्रविधिमैत्री र सीपमूलक शिक्षा सुनिश्चित गर्दै सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।

घोषणापत्रमा प्रत्येक स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा विस्तार, मानसिक स्वास्थ्यमा लगानी वृद्धि तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितताको माग गरिएको छ। युवा उद्यमशीलता प्रवर्द्धनका लागि कर सहुलियत, सुलभ ऋण, सशुल्क इन्टर्नसिप, मौसमी रोजगारी तथा कृषि र पर्यटनमा आधारित उद्यम विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी जलवायु परिवर्तनबाट प्रभावित समुदायका लागि द्रुत प्रतिकार्य संयन्त्र निर्माण, हरित पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा युवाको नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। निर्णय प्रक्रियामा कम्तीमा २० प्रतिशत युवा सहभागिता, पारदर्शी शासन प्रणाली र सार्वजनिक योजनाको नागरिक अनुगमनमा युवाको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने माग पनि घोषणापत्रमा समेटिएको छ।

सम्मेलनमा सहभागी युवाहरूले डिजिटल जिम्मेवारी, सामाजिक सद्भाव, वातावरण संरक्षण, उद्यमशीलता र सामुदायिक सेवामा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। घोषणापत्रमा उल्लिखित विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाज, निजी क्षेत्र तथा सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको औँल्याइएको छ।

यसैबीच, एक वर्षे कार्यकालका लागि नवलपुरकी यमकला पौडेलको अध्यक्षतामा १५ सदस्यीय प्रादेशिक नागरिक समाज सङ्गठन युवा मञ्च गण्डकी प्रदेश (सीएसओ फोरम) गठन गरिएको छ। समितिको सहअध्यक्षमा युवराज पौडेल र सचिवमा जमुना शर्मा चयन हुनुभएको छ। अन्य सदस्यहरूमा जयराम थापा, कृतन गौतम, विना परियार, अनिता लुइटेल, प्रतिष्ठा सुवेदी, तासी गुरुङ, अनिल बज्जरा, प्रदीप गुरुङ, कमल कञ्चन कार्की, नमुना गिरी, जीवन श्रेष्ठ र सोभिना सुबेदी सर्वसम्मत रूपमा चयन भएका छन्।

अध्यक्ष पदका लागी केही समय विवादित बनी स्थगन अवस्था सम्म पुगेको थियो । अत्यमा आयोजकको शकसपूर्ण प्रयासमा पुन यमकला पौडेललाई अध्यक्षमा निर्विरोध चयन गराउन सफल भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन