पोखरा–१५ नयाँगाउँमा रहेको स्याङ्जा तमु ट्हो समाजघरमा सम्पन्न तमु खेगी प्रशिक्षण प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले गुमान सिं ल्हेगे तमुलाई अध्यक्षमा चयन गरिएको हो । अधिवेशन प्रमुख अतिथि स्याङजा तमु ट्हो समाजको अध्यक्ष डोल बहादुर तमुको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।
प्रतिष्ठानले तमु संस्कार, संस्कृतिको संरक्षण गर्दै आईरहेको छ । तमुहरुको मौखिम संकारहरुलाई जिवन्त राख्नको लागी प्रतिष्ठानले खेगी प्रशिक्षण गर्दै आईरहेको छ । जसले भोलिका दिनमा पनि तमु समुदायको अस्तित्वलाई जिवन्त राख्न मद्धत गर्नेछ ।
वर्तमान समय आधुनिक युग संगै तमु समुदायमा पनि विभिन्न चुनौतिहरु थपिदै आईरहेको छ । जसले तमु समुदायको रिति रिवाज चालचलन धर्म, संस्कार आधिलाई असर गरिरहेको छ ।
सोही परिस्थितिलाई कम गर्न प्रतिष्ठानले गत वर्षदेखी नै खेगी प्रशिक्षण सुरु गरेको छ । जसमा ८ जना प्रशिक्षर्थीहरु ९ वर्ष देखी ३० वर्ष सम्मको रहेका छन् ।
यस कार्यलाई निरन्तर्ता दिन विभिन्न व्यक्तित्वहरुले आर्थिक रुपमा सहयोग गर्दै आईरहेको छ भने सहयोगी हातहरु बढ्दै आईरहेको जानकारी गराउनुभएको छ । उपस्थित अतिथिहरुद्धारा प्रतिष्ठानलाई जिवन्त राख्न आ–आफ्नो ठाउबाट सहयोग गर्ने वचनहरु व्यक्त गर्नुभएको थियो ।
अधिवेशनबाट उपाध्यक्ष यम बहादुर तमु, सचिव हिम बहादुर तमु, सहसचिव सुन बहाुदर तमु, कोषाध्यक्ष क्या. दुर्ग बहादुर तमु, सह कोषाध्यक्ष क्या उमर बहादुर तमु, सदस्यहरुमा डोल बहाुदर तमु, बोम बहादुर तमु, गुमन ध्वज तमु, झलेन्द्रमान तमु, रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा ठउब च्हाग्ली तमु रहेको छ भने सह प्रशिक्षकमा लेस बहाुदर तमु र तुल बहाुदर च्हाक्ली तमु रहेका छन् ।
कार्यक्रममा अनसुलट तेक्वान्दो डोजाङका प्रशिक्षक, अन्राष्ट्रिय तेक्वान्दो रेफ्रि तथा गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य रेखमाया तमुलाई सम्मान गरिएको थियो ।
अधिवेशनमा विशेष अतिथि लेप्टेन पूर्ण बहादुर तमु, सुब्दार देव बहादुर तमु, मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालय उपसचिव तेज बहादुर च्हाग्ली तमु, तमु प्ये ल्हु संघ गण्डकी अध्यक्ष कुल प्रसाद तमु, पोखरा–१५ वडा सदस्य बलराम पौडेल लगाए अतिथिहरुकोको उपस्थितिमा कार्यक्रसम समाजघरमा सम्पन्न भएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-