काठमाडौं, ११ फागुन — Pokharaबाट Kathmandu आउँदै गरेको यात्रु बस Trishuli Riverमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा परेका २७ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको छ। दुर्घटनामा विदेशी पर्यटकहरू पनि परेका छन्, जसमध्ये एक जना New Zealandका नागरिक रहेको जनाइएको छ।
Prithvi Highway अन्तर्गत पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको ग१ख १४२१ नम्बरको बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३ सय मिटर तल नदी किनारमा खसेर क्षतविक्षत अवस्थामा फेला परेको थियो।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-