पोखरा
नेकपा (माओवादी केन्द्र)पोखरा माहानगर समितिको विस्तारित वैठक माघ २४ गते शहिद चोकमा सम्पन्न बैठकमा निम्म निर्णहरु भएका छन् जुन यसप्रकार रहेको छ ।
बैठकले ३० औ जनयुघ दिवसको अवसर पारि केन्द्रिय माहासचिव देव प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा फागुन १ गते शहिद पार्कमा शुभकामना आदान प्रदागन गर्ने भएको छ ।
त्यस्तै फाल्गुन १० गते सम्मेलन हुन बाँकी वडाहरुको सम्मेलन गर्नेछ ।
फाल्गुन १६ गते शहिद पार्कमा ३३ वटै वडाका नव निर्वाचित अध्यक्षहरुलाई बधाई र निवर्तमान अध्यक्षहरुलाई धन्यवाद कार्यक्रम आयोजना गर्ने ।
फाल्गुन २१ गते शहिद शप्ताहको अन्तिम दिन महानगर भरिका शहिद वेपत्ता परिवाहरुको केन्द्रिकरण गरि सम्मान कार्यक्रम आयोजना गर्ने ।
त्यस्तै महानगरको सममेलनको तिथि मिती र कार्यविधी निर्माण गरि सम्मेलनको सम्पूर्ण तयारी गर्ने आवश्यक निर्णय कार्यालयलाई दिने निर्णय गरेको छ ।
बैठकको अन्तिममा सहभागी कम्रेडहरुले उठाएको जिज्ञासाको जवाफ सचिव र अध्यषले प्रष्ट पार्दै प्रमुख अतिथि केन्द्रिय सदस्य एवं महानगर इन्चार्ज आशमान रोका क. पवनले प्रशिक्षणत्मक भनाई राख्नु भएको थियो भने अध्यक्षले निर्णय सुनाउदै बैठक समापन गर्नुभएको थियो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-