कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सुरु

बिरुवा खबर बिरुवा खबर
समाचार, अर्थ
May 10, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २७ वैशाख । नेपाल पत्रकार महासंघ कास्की को आयोजनामा पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम आइतबारदेखि पोखरामा सुरु भएको छ ।

वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन मुक्तिराम अर्याल ले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गर्नुभयो । पत्रकारिताले सरकार, समाज तथा विभिन्न संघसंस्थाका कमजोरी र सकारात्मक पक्षलाई उजागर गर्दै समाजलाई सही दिशामा डो¥याउने भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

उहाँले कलमको शक्तिले समाजलाई परिवर्तन गर्न सक्ने उल्लेख गर्दै पत्रकारिताले सधैँ सरकारलाई झकझकाउने र समाजलाई व्यवस्थित बनाउने जिम्मेवारी बहन गर्ने बताउनुभयो । प्रविधिको तीव्र विकास तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेका बेला पत्रकारितालाई अझ सशक्त बनाउन नयाँ प्रविधिको प्रयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

तालिमले पत्रकारहरूलाई मल्टिमिडिया, एआई तथा बदलिँदो प्रविधिसँग अभ्यस्त गराउँदै ज्ञान, दृष्टिकोण र सीप विकासमा सहयोग पुग्ने उहाँको विश्वास थियो । साथै केही सञ्चारमाध्यमका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने अवस्था सिर्जना हुने भएकाले पत्रकारहरूले जिम्मेवार र व्यावसायिक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा रमेश पौडेल ले पछिल्लो समय पत्रकारितामा प्रविधिको प्रभाव तीव्र रूपमा बढेको र मोबाइल जर्नालिज्मको महत्व विस्तार हुँदै गएको बताउनुभयो । प्रविधिको विकाससँगै पत्रकारिता थप सहज, छिटो र प्रभावकारी बन्दै गएको उहाँको भनाइ थियो । पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले ‘समय आन्दोलन’ अभियान सञ्चालन गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।

माधव बराल ले तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

महासंघ कास्कीका सचिव भूपाल गुरुङ ले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष माधव रेग्मी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पोखरा महानगरपालिका को सहयोग तथा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) को प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार सहभागी रहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन