पोखरा, १९ माघ ।
पामे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारीको वर्तमान अवस्था र त्यसको उचित व्यवस्थापन’ विषयमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। सहकारीको शिक्षा उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता सुदिप ढकालले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्य, लेखा तथा व्यवस्थापन तहका पदाधिकारी र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा ढकालले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, सुशासन, वित्तीय अनुशासन, पारदर्शिता तथा प्रभावकारी व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए।
सहकारीको दीगो विकास, पारदर्शी कार्यशैली तथा सदस्य केन्द्रित सेवा प्रवाहलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका प्रबन्धक सुर्यमोहन पराजुलीले जानकारी दिए। उनका अनुसार यस्ता कार्यक्रमले संस्थाको व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
प्रशिक्षणमा सहभागीहरूले कार्यक्रमबाट व्यवहारिक र उपयोगी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिँदै यस्ता क्षमता विकासमूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।














प्रतिक्रिया लेख्नुहोस्:-