१३ फागुन, पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं कास्की क्षेत्रनम्बर
२ का उम्मेदवार हेमजंग गुरुबले व्यवस्था फेर्ने गरी राप्रपा चुनावमा
होमिएको बताएका छन् । चुनावी प्रचारको क्रममा पोखरा विरौटामा भएको
कोण सभालाई सम्बोधन गदैँ गुरुबले भ्रष्टचारलाई अन्त्य गर्न र
देशमा सुशासन कायम गर्न व्यवस्था फेर्नुको विकल्प नभएको बताए ।
भ्रष्टचारीलाई कडा कारवाही गर्ने र देशमा सुशासन काय गर्ने, संबैधानीक
राजसंस्था र सनातन हिन्दुराष्ट कायम गर्न राप्रपा प्रतिबद्ध रहेको गुरुबले
दावी गरे ।
पोखरामा विकास निमर्माणमा भएको गतिरोध अन्त्य गदैँ, यहाँ भएका
विकृति विंगती हटाउन र अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिबय उडानका
लागि पहल गर्ने गुरुबले प्रतिवद्धता व्यक्त गरे । मतदाताको शिर कहिले
नझुक्ने गरी काम गर्ने बताउदैँ गुरुबले फागुन २१ गते मतदान गरी
विजयी गराइदिन मतदातालाई आग्रह गरे । कास्कीका जनताको आवाज संसदमा
उठाउन एक पटक यसैपटक बिजयी गराइदिन गुरुबले आहन गरे ।














प्रतिक्रिया लेख्नुहोस्:-