कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा रङ्गशालामा फोनिज कास्कीद्वारा वृक्षरोपण

बिरुवा खबर बिरुवा खबर
समाचार
August 8, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, साउन २३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७औँ फोनिज स्थापना दिवस तथा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरा रङ्गशाला परिसरमा वृक्षरोपण गरेको छ । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वृक्षरोपणले वातावरण संरक्षणसँगै पोखरा रङ्गशालाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले फोनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्नुहुदै खेलकुद पूर्वाधारको बिकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुन्दर र सफा पोखराका लागि रङ्गशाला परिसरमा हरियाली प्रवद्र्धनमा विभिन्न निकाय, खेलकुद संस्था, सामाजिक संघसंस्थाको सहभागितामा वृक्षरोपण अभियान सञ्चालन भइरहेको बताउनुभयो । अध्यक्ष गुरुङले रङ्गशाला परिसरभित्र हालसम्म दुई हजार बढी बोटबिरुवा रोपिसकेकोमा यो आ.व. सुरु भए यता मात्रै तिन सय बढी बोटबिरुवा रोपिएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायको प्रकृति र वातावरणसँगको परम्परागत सम्बन्धलाई संरक्षण गर्दै वातावरणमैत्री गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । फोनिज स्थापनाले समावेशी र जिम्मेवार पत्रकारिताप्रतिको प्रतिबद्धतालाई स्मरण गराउने अवसर रहेको बताउदै उहाँले विश्व आदिवासी दिवस जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परा, अधिकार र प्रकृतिको सम्बन्धलाई सम्मान गर्ने महत्वपुर्ण दिन रहेको उल्लेख गर्नुभयो । उहाँले फोनिजको २७ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा साउन २४ देखि २७ गतेसम्म तेस्रो मातृभाषा पत्रकारिता सम्मेलन २०२६ को आयोजना हुने जानकारी दिनुभयो । जहाँ २७ देशका ५४ विदेशी पत्रकारको अनुभव, तिन सय फोनिज प्रतिनिधिका आवाज, १ सय मातृभाषी पत्रकारका समस्याहरु एकै थलोमा मन्थन हुने भएको छ । फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले पत्रकारिता क्षेत्रसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा लिच्ची, आँप, जामुन, एभोकाडो, बेलौती, कपुर लगायत प्रजातिका बोटबिरुवा रोपिएको उहाँले बताउनुभयो । बुल्स मेनका अध्यक्ष नुना गुरुङसहित फोनिज कास्कीका कोषाध्यक्ष बस बहादुर शेर्पा (बसन्त), कार्यसमिति सदस्य हुम गुरुङ र बर्षा गुरुङको उपस्थिति रहेको सो कार्यक्रमको संचालन सचिव देबिका तामाङले गर्नुभएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन