कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा २१ रामदी,एकहातेमा रहेको १६ औं शताब्दीमा स्थापित शक्तिपीठको एक चिनारी

एकहाते स्थित देवी मन्दिर एक चिनारी

बिरुवा खबर बिरुवा खबर
समाचार
January 27, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विवेक न्यौपाने
एकहाते स्थित देवी मन्दिर एक चिनारी
पृष्टभूमिस्साविक कृस्ती नाच्ने चौर गा।वि।स।वडा नं।४ रामदी, एकहाते हाल पोखरा महानगरपालिका २१ एकहातेमा अवस्थित देवी मन्दिर १६ औं शताब्दीमा स्थापित शक्तिपीठ हो। नेपालको शाह वंशको पुर्ख्यौली थलो नुवाकोट राज्यका प्रथम शाशक जैत खानका वंशज मतीखानको पालामा मट्टीखान कालिका कोट स्थापना भएपछि यस ठाउँमा बस्ने ७०० घर कुरियाबाट कालिका भगवतीको पूजा आराधना गरिँदै आएकाले एकहातेका केही घर पूजाआजामा छुट्न पुगेका कारण यसै स्थानमा देवी मन्दिरका साथै द्यौराली स्थापना गरी पूजाआजा गर्दैआएको लामो इतिहास छ। तत्कालीन समयमा सीमित घरधुरीबाट पूजा संचालन भएको मन्दिरमा अहिले शारदीय नवरात्र र चैत्र नवरात्रको समयमा भक्तजनको बाक्लो उपस्थिति रहेको देखिन्छ।यस मन्दिरमा भाकल गर्ने र देवीको अनुकम्पाले मनोकामना सिद्ध हुने जनविश्वास रहिआएको छ।

मन्दिरको भौतिक अवस्थास्

तत्कालीन समयमा स्थानीय बासिन्दाले ढुङ्गा र माटोले मन्दिर निर्माण गरी खरले छाएको र पछि सामान्य जस्तापाताले छाएको मन्दिर पोखरा महानगरपालिकाबाट ३कि।मि।को दुरीमा दक्षिण पश्चिम एकहातेको मध्य विन्दुमा रहेको छ। आर्थिक अभावका कारणले समय समयमा हुने दैवीप्रकोपका कारण छिन्नभिन्न समेत भएको देखिन्छ। मन्दिरको चारैतिर सामान्य पर्खाल छ भने देवीको शीलामा कुदेर बनाइएको मूर्ति छ। निशानहरू पनि सहजै देख्न सकिन्छ। देवी मन्दिरसम्म पुग्न सिंढी बनाइएको छ जुन पूर्वपश्चिम हुलाकी मार्गबाट बायाँतर्फ रहेको छ। मन्दिरको प्रवेशद्वार पश्चिमतिर रहेको छ जुन मट्टीखान कालिकोटको सम्मुख छ। जीर्ण अवस्थामा रहेकोले जीर्णोद्धारको पर्खाइमा मन्दिर छ।

आर्थिक अवस्थास्

सामान्य अवस्थाको यस मन्दिरको आर्थिक अवस्था निकै नाजुक रहेको छ। वर्षका दुई नवरात्रको समयमा भक्तजनको धूप,अक्षता र भेटी सङ्कलनबाट पूजा संचालन गरिएको पाइन्छ। अन्य कुनै आयस्रोत नभएकाले मन्दिरको कुनै कोष नरहेको कुरा मन्दिर व्यवस्थापन समितिका सदस्यहरू बताउँछन्। आर्थिक अवस्था निकै नाजुक रहनुले मन्दिरको मर्मत सम्भार गर्न नसकिएको, यही अवस्था रहिरहेमा भग्नावशेषमा परिणत नहोला भन्न सकिन्न। मन्दिरको संरक्षणका निम्ति वि।सं।२०७९सालमा मन्दिर व्यवस्थापन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको र यसको जीर्णोद्धारको निम्ति वडा कार्यालयबाट रू।३०००००९अक्षरुपी तीन लाख रुपैयाँ० बजेट विनियोजन भएको छ भने स्थानीय महामानव श्रद्धालु भक्तजनहरूको दान दातव्य बाट अर्थ संकलन हुने क्रममा छ।

मन्दिरको पूजा व्यवस्थास्

झण्डै ४शताब्दीको ऐतिहासिक, पुरातात्विक महत्वको स्थान देवी मन्दिर वर्तमान समयसम्म भक्तजनको धूप,अक्षता र भेटीबाट पूजा हुंदै आइरहेको मा पूजा संचालनार्थ समिति गठन गरी यसमा सहजीकरण गरिएको पाइन्छ। स्थानीय गुरुङ जातिका कुमारबाट ९१८वर्ष मुनि० पूजा गरिएको पाइन्छ। वर्षका दुई दसैंमा ९बडा दसैं र चैते दसैँ० मनोकामना सिद्ध होस् भनी भाकल गर्ने पूजा गर्ने चलन रहेको छ। विशेष गरी बडा दसैंको पूर्णिमासम्म पूजा गर्ने चलन यहाँ रहेको छ।

धार्मिक पर्यटकीय स्थलस्

एकहाते स्थित देवी मन्दिर धार्मिक पर्यटकीय सम्भावना बोकेको उत्कृष्ट स्थान हो। पोखरा उपत्यका नजिकै रहेको मन्दिर वातावरणीय दृष्टिकोणले अत्यन्तै सुन्दर, शान्त र मनमोहक देखिन्छ। मन्दिरको प्रवेशद्वारबाट भित्र पस्नासाथ ुमनमा शान्ति र मुहारमा कान्ति छाउँछ ुत्यसैमा पूर्वमा क्षेत्रीय विमानस्थल,उत्तर दिशामा पंक्तिबद्ध हिमश्रृङ्खला साथै सुन्दर पर्यटकीय नगरी पोखरा, बायाँतर्फ विश्व शान्ति स्तूप,भूमेश्वर महादेव, ९पुम्दीकोट० सिद्धार्थ राजमार्ग,सरांकोट दक्षिणमा कैलाश मानसरोवरको स्वरूप शिवढुंगा ,पश्चिममा मट्टीखान र रामकोटको मनोरम दृश्य ,ैयसलाई नजिकैबाट नियाल्न मन्दिरको प्राङ्गणमा अन्यत्रबाट मानिसहरू आउने गर्दछन्। यसको प्रचारप्रसारको आवश्यकता रहेको देखिन्छ।

नामकरणस्

किंवदन्ती अनुसार प्राचीन कालमा यो ठाउँ जलमग्न भएको डुबेर देवी मन्दिर रहेको ठाउँ एक हात मात्र बाँकी रहेको ले त्यसलाई आधार मानेर यस ठाउँको नाम एकहाते रहेको कुरा आफूले सुन्दै आएको कुरा जेष्ठ नागरिकहरु बताउँनुहुन्छ।यस क्षेत्रको भौगोलिक अवस्थालाई हेर्दा मन्दिरको चारैतिरको भू बनोट एउटै प्रकृतिको रहेको र पहिरो जाँदा मन्दिरसम्म पुग्न एक हात मात्र बाँकी रहेको हुनसक्ने वा यस ठाउँमा पहिले वस्ती विकास नभएको हातले अपाङ्ग ९एक हात मात्र भएको०मानिस आएर बसोबास गरेका कारण एकहाते नाम हुन सक्ने प्रबल सम्भावना छ।

‘

अन्त्यमा सादर आमन्त्रणस्

समादरणीय भक्तवत्सल बुबा, दाजुभाइ तथा भक्तिमती आमा , दिदीबहिनीहरु ब्रह्माण्ड अधिष्ठात्री देवी भगवतीका अनुकम्पाले महामानव जीवन प्राप्त भएको छ। जीवको चौरासी लाख जुनीमा केवल मानव शरीरबाट मात्र मोक्षको कल्पना गर्न सकिने कुरा हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ। हाम्रो पूर्व जन्मको महान पुण्यको प्रभावले मानिसको जीवनमा आएका छौं यस्तो परम् शौभाग्य मिलेको तव मात्र सफल हुन्छ जव हामी आफ्नो धर्म संस्कृतिको संरक्षण र सम्बर्धनमा लाग्दछौं । धार्मिक कार्यमा संलग्न रहेका बेला आनन्दको अनुभूति हुन्छ।हामी तीर्थ, व्रत, दान, पुण्य, धर्मकर्म आदि गरेर आफ्ना सन्तानको सुखद भविष्यको कामना गर्नुका साथसाथै दिवंगत आफन्तको वैकुण्ठबास९मोक्ष०को कामनाले धार्मिक कार्यमा संलग्न हुन्छौं।यसै सन्दर्भमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शक्तिपीठ एकहाते देवी मन्दिरको जीर्णोद्धार कार्य केही समयपछि हुने प्रक्रियामा रहेको हुंदा यस महान देवी यज्ञमा सहभागी भै पुण्यको भागी बनौ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन