कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रतिष्ठानको रजत जयन्ती समापन कार्यक्रम सम्पन्न

बिरुवा खबर बिरुवा खबर
समाचार
May 26, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

०९ जेठ, पोखरा

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा संस्थाको “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन एवम् छात्रवृत्ति वितरण कार्यक्रम” पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । २५ औं बर्ष पूरा भएको अवसरमा संस्थाको स्थापना कालदेखिका तथ्यांकहरु, विभिन्न प्रबुद्ध व्यक्तिहरुको लेखरचना र विभिन्न व्यवसायीहरु एवम् शुभचिन्तकज्युहरुको विज्ञापन तथा शुभकामनाहरु समेटिएको स्मारिका विमोचन भएको यस कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती तमुको प्रमुख अतिथ्यता रहेको थियो । प्रमुख अतिथि तमुले संस्थाले शैक्षिक क्षेत्रमा गरेको यो महत्वपूर्ण योगदानले तमु समुदायलाई मात्रै नभइ राष्ट्रलाई नै टेवा पुर्याइएको कुरा व्यक्त गरे । कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वतका ६४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको यस कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका निवर्तमान का.बा. अध्यक्ष एवम् वातावरण विद् जुद्व तमु, डाइमण्ड बिद्विष्ट सेन्टर यु.के. का संस्थापक अध्यक्ष एवम् साहित्यकार सुमलकुमार तमु, संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार संयोजक चिजकाजी तमु, संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर तमुले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको औचित्य र गतिविधि समेटिएको श्रव्य दृश्य सामाग्री प्रदर्शन गरेको यस कार्यक्रममा अक्षयकोष दाताहरु सुमलकुमार तमु र तमु समाज वेल्जियमलाई कदरपत्र प्रदान गर्नुको साथै चेक हस्तान्तरण गरिएको थियो । २५० भन्दा बढीको सहभागिता रहेको यो कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको नृत्य प्रदर्शनले थप रौनक र भरपुर मनोरञ्जन भएको थियो । लगभग ३ दशक अगाडि जापनमा कार्यरत कर्मठ युवाहरुको अवधारणा सहित गठित यो संस्था २०५८ साल जेठ ७ गते विधिवत रुपमा स्थापना भएको यस संस्थाले रजत जयन्ती मनाउने क्रममा २९ कात्तिक, २०८२ मा “पोखरा महानगर स्तरको मा.वि. स्तरीय निबन्ध प्रतियोगिता” आयोजना गरेको थियो भने ४ पुस,२०८२ मा पुनर्मिलन कार्यक्रम आयोजना गरेको थियो । गत फागुनमा सम्पन्न संस्थाको बार्षिकोत्सव कार्यक्रममा पनि रजत जयन्ती बिशेष कार्यक्रम आयोजना गरि यही ९ जेठ, २०८३, शनिबारका दिन रजत जयन्ती समारोह स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण गरि एक बर्षे रजत जयन्ती कार्यक्रम समापन गरेको छ । संस्थाका अध्यक्ष श्रीजङ तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिब कन्चन तमुले संचालक गरेका थिए । यस पछिका कार्यक्रमहरु यस शैक्षिकसत्र २०८३ का छात्रवृत्तिका लागि नयाँ विद्यार्थी छनौट गर्न गोर्खा र लमजुङ जाने योजना रहेको र यो बर्ष पूर्वमा ताप्लेजुङ र पश्चिममा गुल्मी जिल्लालाई समेट्ने कुरा संस्थाका अध्यक्ष तमुले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन