हुम बहादुर च्हाक्ली तमु
चैत्र २६, पोखरा
प्रथम मनकामना आजाद मुलबासी ब्याडमिन्टन कप–२०८१ भब्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्व सामाजिक बिकास तथा शिक्षा मन्त्री मेख लाख श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । पोखरा–१५ नयाँगाउँ स्थित ताङ्लेकोट ब्याडमिन्टन हलमा प्रमुख पानसमा दियो बाली समापन समारोहको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको फाईनल खेलमा प्रमुख अतिथिद्धारा परिचयात्मक कार्यक्रम गरी एम्पाएरलाई कक हस्तान्तरण गरी खेल सञ्चालन गरेको थियो ।

प्रतियोगितामा प्रथम उपाधी मनोज गुरुङ, दल गुरुङको जोडीले चुम्न सफल भएको भयो भने हिमाल गुरुङ र राम गुरुङको जोडीले द्धितीय स्थानमा चित्त बुझाउन बाध्य भएको थियो । त्यस्तै प्रितम गुरुङ र राजकुमार श्रेष्ठ त्यस्तै बल बहादुर थापा र सुर्य बुढाथोकीको जोडी तृतिय स्थन प्राप्त गर्न सफल भएको थियो । प्रतियोगतामा विजेता टिमले पुरस्कारहरु प्रथम, द्धत्तिय र तृतीय क्रमस १८ १८ हजार, १२ हजार, ४/४ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन समारोहमा विशिष्ट अतिथि आजाद मुलबासी अभियान्त खेम बहादुर गुरुङ, पोखरा–१५ वडा सदस्य बलराम पौडेल, पोखरा स्पोर्ट ब्याडमिन्टन क्लब अध्यक्ष शंकर भट्टराई, चार भाई युवा क्लबका अध्यक्ष सुरेश गुरुङ लगायत अतिथिहरुको उपस्थितिमा समापन गरिएको थियो ।
प्रतियोगिता विजेता टिमहरुलाई प्रमुख अतिथिद्धारा पुरस्कार वितरण गरिएको थियो साथै कार्यक्रममा सहयोगीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम सभाध्यक्ष बोम बहादुर गुरुङ रहेको थियो भने भने कार्यक्रम सञ्चालन सञ्चाकर्मी गोविन्द सिंगाली मगरले गर्नुभएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-