हुम बहादुर च्हाक्ली तमु
चैत्र २४, पोखरा
प्रथम मनकामना आजाद मुलबासी ब्याडमिन्टन कप २०८१ समुद्घान भएको छ ।
बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवरको प्रमुख आतिथ्यतामा पानसमा दियो बाली रिवन काटेर प्रतियोगिताको समुद्घाटन गरिएको हो । प्रतियोगितामा ५७ टिमको सहभागीता रहेको छ । जसमा पहिलो चरणको खेल सम्पन्न भई दोस्रो चरणको खेलहरु पनि सञ्चालन भएको थियो । बाँकी खेलहरु भने भोली सम्पन्न हुनेछ । भोली विहान ठिक ७ः०० बजे देखी खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले पुरस्कारहरु प्रथम, द्धित्तिय र तृतिय क्रमस १८ हजार, १२ हजार, ४/४ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र गर्नेछ ।
कार्यक्रममा स्थानिय खेलकुद विकास समिति बिरुवा गाउँपालिका अध्यक्ष गणेश गुरुङ, बिरुवा प्रज्ञा प्रतिष्ठान अध्यक्ष संकर विरही गुरुङ, नेपाली काँग्रेस विरुवा गउँपालिका सभापती डोलराज पोख्रेल चार भाई युवा क्लबका पदाधिकारीहरु लगायत अन्य अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्ष बोम बहादुर गुरुङ रहेको थियो भने कार्यक्रम सञ्चालन सञ्चाकर्मी गोविन्द सिंगाली मगरले गर्नुभएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-