चैत्र २४ ,पोखरा
बालप्रभात बोडिङ स्कुल न्युरोडमा उद्घोषण तथा भाषण कला सम्वन्धी तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको क्षमता बढाउने उदेश्यले सञ्चालित एक हप्ते उद्घोषण तथा भाषण तालिम आइतवार सम्पन्न भएको हो । तालिमको समापन समारोहमा बोल्नुहुदै प्रमुख अतिथी विद्यालयका प्राचार्य डिल्ली राम अर्यालले विद्यार्थीहरुको अन्र्तनिहीत क्षमतालाई उजागर गर्दै नेतृत्वको विकास गराउन तालिम निकै प्रभावकारी भएको बताए । तालिमले विद्यार्थीहरुमा निकै आत्मविश्वास बढेको अर्यालले बताए ।
तालिमको समापन समारोहमा विद्यायलका परामर्श प्रमुख शिव प्रसाद सुवेदी, शिक्षक वृहस्पति लम्साल ,सहजकर्ता सञ्चारकर्मी गोविन्द थापा सिन्जाली लगायतका अतिथीहरुले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए भने अभिभावक संगीता भट्ट ,शिक्षक वृहस्पति लम्साल लगायतकाले मन्तव्य राखेका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरु सुयना कुँवर ,प्रिन्सेस श्रेष्ठ,साईसा श्रेष्ठ ,प्रसन्ना कुवर,विजय कुवरले कार्यक्रम सञ्चालन गरेका थिए भने बाँकी सहभागीहरुले तालिमका सिकेका ज्ञान, अनुभव बाँडेका थिए । तालिममा कक्षा ३ देखि १२ सम्मका कुल ३० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-