हुम बहादुर च्हाक्ली तमु
माघ २, बिरुवा स्याङ्जा | बिरुवा गाउँपालिका वडा नं. २, गौंखाको नवनिर्मित सामुदायिक भवन समुद्घाटन सु–सम्पन्न भएको छ । श्री सात कन्या आमा सुमहद्धारा निर्मित भवनको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष सूर्य बहादुर कुँवरद्धारा शिलाको रातो पर्दा हटाएर समुद्घाटन गर्नुभएको थियो ।
वि.सं २०५२ सालमा सुनमाया तमुस्याको अध्यक्षतामा ५ जना कार्यसमिति गठन गरि संस्था स्थापन गरिएको थियो । संस्थाले विभिन्न चरणहरु पार गर्दै हाल यो अवस्था सम्म आईपुगेको छ । वर्तमान समयमा उच्च शिक्षा, रोजगार र बिलाशी जिवनशैलीले गाउँघरहरु रित्तीदै गएको अवस्था छ । जाहाँ कुनै सामुहिक कार्यहरु गर्नुपर्दा जनशक्तिको अभाव रहने छ । गाउँमा घट्दो बढ्दो क्रमम गरिने सामाजिक तथा संस्कृतिक कार्यहरुमा पनि व्यवस्थीत रुपमा गर्दा समस्या रहने हुँदा बर्तमान समयमा गाउँमा समाजघरको आवश्यकता महसुस गरी सामुदायिक भवन निर्माण कार्य अगाडी बढेको हो ।

भवन निर्माण भएसंग गाउँबासीहरुले सम्पूर्ण कार्यहरु अव त्यही ठाउँमा गर्न सकिने छ । प्राकृतिक समस्या घाम पानीमा पनि कार्यहरु सहज रुपमा गर्न सक्नेछ । त्यही ठाउँमा कम जनशक्तिले पनि कार्यहरु सम्पन्न गर्न सक्नेछ त्यही अनुरुप सामुदायिक भवनको महत्व र आवश्यक रहेको छ ।
सामुदायिक भवन निर्माणको लागी बिरुवा गाउँपालिकाबाट आर्थिक वर्ष ०८० मा ३ लाख, ०८१ मा ४ लाख गरी जम्मा ७ लाख बजेट उपलब्ध भएको थियो । त्यस्तै वडा नं. २ बाट ०७८ मा ३ लाख, ०७९ मा ६ लाख, ०८० मा १ लाख ५० हजार, ०८२ मा १ लाख ५० हजार गरी जम्मा १२ लाख रकम प्राप्त भएको थियो । त्यस्तै स्थानीय जनसहयोगबाट ०८० देखी ०८२ सम्ममा २१ लाख ६८ हजार ९८८ रुपैया रहेको छ भने श्री सात कन्य आमा समुहको ०७८ देखी ०८२ सम्म १४ लखा ७३ हजार, २४७ रुपैया गरी जम्म ५५ लाख ४२ हजार ३३५ रुपैयाँ कुल लागतमा निर्माण सम्पन्न भएको हो ।
आमा समुहको ३२औ स्थापना दिवस, तमु (त) ल्होसार तथा मा ङी दिनको अवसर पारी सामुदायिक भवनको समुद्घाटन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा छोपा त्हे गरी आमन्त्रित पाहुनाहरुलाई रुपा लगाई स्याई स्याई गरि कार्यक्रम सुरुवात गरिएको थियो, त्यस्तै कार्यक्रममा विभिन्न चेलिवेटीहरुद्धारा नृत्य प्रस्तु गरिएको थियो । कार्यक्रममा जग्गा दाता, आर्थिक सहयोगी तथा प्रमुख अतिथिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

सो कार्यक्रममा विशिष्ट अतिथि गाउँखेली इकाई परिवार पोखरा अध्यक्ष मोहन प्रसाद गुरुङ, साविक पेल्काचौर गा.वि.स पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद गुरुङ, तमुप्ये संकलक संयोजक ख्याम बहादुर गुरङ, पूर्व वडा सदस्य तुलराम गुरुङ, वडा नं. २, सदस्य रमाया गुरुङ लगायत अतिथिहरुको उपस्थिति हुनुहुन्थ्यो भने वडा नं. २ टोलका विभिन्न संघसंस्थाहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि कुवरद्धारा “बढ्दो बसाईसराई, कम्जोर आर्थिक अवस्थाले विभिन्न समस्याहरु भएता पनि विकास निर्माको प्रक्रियाहरुलाई निरन्तर्ता दिदै आएको छ । समृद्ध विरुवा र सुखी विरुवा बासी पालिकाको परिकल्पना साकार पार्न सवैको सहयोग हुनेपर्नेछ ।” त्यस्तै अन्य उपस्थित अतिथिहरुद्धारा बधाई तथा शुभकामना मन्तव्यहरु व्यक्त गर्नुभएको थियो त्यस्तै कार्यक्रमको अध्यक्षाता रुपमाया तमुस्योले गर्नुभएको थियो भने लोकराज तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-