चैत्र १७ ,पोखरा
हरीनास ,विरुवा व्याडमिन्टन ग्रुप पोखराद्घारा आयोजित प्रथम भैरवथान कप व्याडमिन्टन प्रतियोगिताको उपाधि कुशम आले र कृष्ण गुरुङको जोडीले जितेको छ । फाइनलमा क्या.निल वहादुर गुरुङ र कुल वहादुर गुरुङको जोडीलाई २–० सेटले पराजीत गर्दै गुरुङको जोडी विजेता बनेको हो । त्यस्तै सु.देव वहादुर गुरुङ र टुकराज गुरुङको जोडी तथा छवि थापा र सम्झना खत्रीको जोडीले तेश्रो स्थान प्राप्त गरे । बिजेता हुन सफल टीमलाई नगद रु.१६ हजार साथै ट्रफी र मेडल ,उपविजेतालाई नगद रु.१२ हजार र ट्रफी र मेडल साथै तृतीय हुन सफल दुवै टीमलाई ६/६ हजार र मेडल सहित पुरस्कृत गरीएको खेल संयोजक लिल गुरुङले जानकारी दिए । गत शुक्रवार देखि सन्चालन भएको प्रतियोगितामा कुल २६ टीम सहभागी थिए । हरिनास स्याङजाका समाजसेवी हवल्दार तुलाराम थापाको ८४ औ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथी कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशील कुमार श्रेष्ठ विशेष अतिथीहरु हरीनास गाउँपालिकाका उपाध्यक्ष इन्द्रा थापा राना ,हरीनास गाउँपालिकाका प्रवक्ता ओम प्रकाश सिग्देल ,रेडियो नेपाल पोखराका प्रमुख शान्ति गुरुङ ,कलाकार कुमार पुन साथै नेविको लिमीटेडका सुरज उपाध्याय ,व्यवसायी प्रमित सिंङ ,आँधीखोला तमु समाजका उपाध्यक्ष लिल वहादुर गुरुङ ,समाजसेवीहरु सु.धन वहादुर गुरुङ, सु महेश कुमार थापा लगायतकाले पुरस्कार वितरण गरेका थिए ।















प्रतिक्रिया लेख्नुहोस्:-