कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मगर भाषा र संस्कृति अध्ययन भ्रमण गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली

बिरुवा खबर बिरुवा खबर
समाचार
August 19, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराः मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् ।
एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धि अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो ।
ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनको लागि स्याङ्जाको चित्रेमा शुक्रबार र शनिबार अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् ।
मिस मगर नेपाल २०२४ का प्रतियोगिहरुलाई मगर भाषा तथा संस्कृति सम्बन्धी अध्ययन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले मगर समुदायको भाषा, संस्कृति पुस्तान्तरण हुन आवश्यक रहेको बताइन् ।
‘मिस मगर नेपालका प्रतियोगिहरुलाई अध्ययन भ्रमणका लागि यहाँ ल्याउनुभएकोमा हामी खुशी छौं’, उपाध्यक्ष रानाले भनिन्, ‘स्याङ्जाको चित्रे मगर समुदायको बाहुल्यता भएको गाउँ हो, यहाँ मगर भाषा, संस्कृतिहरु अझै पनि रहेका छन्, मगर भाषा, सस्कृति हामीले पुस्तान्तरण गर्न आवश्यक छ, यस प्रतियोगिताले पक्कैपनि मगर समुदायको भाषा, संस्कृति संरक्षणमा सहयोग पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–सस्कृति बुझाउन सहयोग पु¥याउने उद्धेश्यले चित्रे गाउँलाई रोजेको बताईन् ।
एसटी क्रियसन म्यानेजमेन्ट एवम् मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीहरुको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिताहरु आयोजना गर्दै आएको बताए ।
‘मिस मगर नेपाल २०२४ आयोजना गर्दै गर्दा हामी अहिले सातौ संस्करणको ग्राण्ड फिनालेमा आइपुगेका छौं, नेपालको विभिन्न जिल्लाबाट २० जना प्रतियोगिहरु छनोट हुनुभएको थियो’, थापाले भने, ‘विभिन्न चरणहरु पार गर्दै अहिले ग्राण्ड फिनालेका लागि ११ जना अन्तिम चरणमा छनोट हुनुभएको छ, उहाँहरुलाई मगर समुदायको परम्परा, भाषा, संस्कृतिसँगै नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरेका हौं ।’
कार्यक्रममा मिस मगर नेपाल २०२४ का शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादर राना ९विरेन०, नेपाल मगर संघ कास्कीका सहसचिव शिव थापा, चित्रेका टोल संयोजक पहलसिंह राना मगर लगायतले बोलेका थिए ।
मिस मगरका प्रतिस्पधीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास, भेषभुषा, कला र संस्कृति लगायतका तालिमहरुसमेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।
मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि गएको मिस मगर नेपाल २०२४ का प्रतियोगिहरुलाई हरिनास गाउँपालिका–४ चित्रेका मगर समुदायले रोधिखोलादेखि पिपल डाँडासम्म मगर समुदायको मौलिक कौराहा, झाबुरा, पञ्चेबाजासहित स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रम एसटी क्रियसन म्यानेजमेन्टका अध्यक्ष मानबहादुर घर्ति ९एमबी०को अध्यक्षता, प्रतियोगिता निर्देशक सुरज थापामगरको स्वागत र कार्यक्रम संयोजक रुद्र श्रीस मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदै छ । कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन