वालिङ, स्याङ्जा —
स्याङ्जाको वालिङ नगरपालिका-५, जर्कोटमा शनिबार राति भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। मोटरसाइकलको चर्को आवाजलाई लिएर भएको विवादले उग्र रूप लिँदा ३२ वर्षीय ढालबहादुर थापाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, वालिङ नगरपालिका-७, सपाउदेमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकलको आवाजलाई लिएर ढालबहादुर थापा र अन्य केही युवाहरूबीच भनाभन भएको थियो। सोही क्रममा उनीहरूबीच झडप हुँदा थापा गम्भीर घाइते भएका थिए।
तत्कालै गण्डकी मेडिकल कलेज पोखरा लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनास गाउँपालिका-५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका-५, काम्तीका २४ वर्षीय अनिल शाही रहेका छन्।
यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अन्य संलग्नहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ














प्रतिक्रिया लेख्नुहोस्:-