बिरुवा, स्याङ्जा ।
धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको अनुगमन कार्यालय वालिङ अन्तर्गत शाखा कार्यालय सिमलचौपारीद्धारा बिरुवा गाउँपालिका–६, चिनेवासमा वित्तीय साक्षरता तथा बिउ वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा संस्थाको अनुगमन कार्यालय वालिङको अनुगमन प्रमुख मुक्ति सुवेदीले वित्तीय व्यवस्थापन, बचतको महत्त्व तथा आयआर्जन वृद्धिसम्बन्धी विषयमा सहजीकरण गरेका थिए। बिरुवा गाउँपालिकामा लघुवित्त ग्रामीण तथा विपन्न वर्गका नागरिकलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको हो ।
कार्यक्रम अन्तर्गत कृषिमा आधारित सदस्यहरूलाई मौसमी तथा बेमौसमी तरकारीका बिउ वितरण गरिएको थियो। संस्थाले सदस्यहरूलाई कृषिमा आत्मनिर्भर बनाउँदै उत्पादन वृद्धि र आम्दानी अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
संस्थाका अनुसार वित्तीय साक्षरतासँगै कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमले ग्रामीण समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा संस्थासँग आबद्ध सदस्यहरु केन्द्र नं ६० बिरमा खोला महिला विकास केन्द्रकी केन्द्र प्रमुख यमुना लम्सालको अध्यक्षतामा सिमलचौर शाखाका शाखा प्रमुख अञ्चल विकले कार्यक्रम सञ्चालन गरेका थिए।














प्रतिक्रिया लेख्नुहोस्:-