स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले संघीय संसदमा माननीय डा. धनञ्जय रेग्मीले व्यक्त गरेको शिक्षक सरुवासम्बन्धी अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले विज्ञप्ति जारी गर्दै शिक्षा प्रणाली विद्यार्थीको भविष्य, शैक्षिक सुधार तथा नीतिगत पारदर्शिताप्रतिको आस्थामा आधारित रहेको स्पष्ट पारेको हो ।
गाउँपालिकाले शिक्षक सरुवा प्रचलित कानुन, कार्यविधि तथा आवश्यकताका आधारमा गरिएको उल्लेख गर्दै त्यसलाई अन्यथा रूपमा प्रस्तुत गर्नु उचित नभएको जनाएको छ ।
विज्ञप्तिमा शिक्षा क्षेत्र संवेदनशील विषय भएकाले तथ्य र प्रक्रियामा आधारित भएर मात्रै अभिव्यक्ति दिनुपर्ने उल्लेख गरिएको छ । साथै संसदजस्तो गरिमामय स्थानमा शिक्षक सरुवाको विषयभन्दा पनि शिक्षकका वास्तविक समस्या, शिक्षा क्षेत्रको सुधार तथा नागरिकका आवश्यकताका विषयमा आवाज उठाउन आग्रह गरिएको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा पारदर्शिता, सुशासन र गुणस्तरीय शिक्षाप्रति आफू प्रतिबद्ध रहेको समेत जनाएको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-