कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संकटमोचनका लागि नेकपालाई मत दिन उम्मेदवारहरूको आग्रह

बिरुवा खबर बिरुवा खबर
समाचार, राजनीति
February 3, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, माघ १९
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार तथा नेता–कार्यकर्ता मतदातासँग घरदैलो र ससाना भेटघाटमा व्यस्त भएका छन् । उनीहरू मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै पार्टीका एजेन्डा प्रस्तुत गरिरहेका छन् ।

नेकपा पुरानो र नयाँ शक्तिको संयोजन भएको उल्लेख गर्दै उम्मेदवारहरूले वर्तमान संकटको समाधानका लागि नेकपाको जित आवश्यक रहेको बताएका छन् ।

कास्की क्षेत्र नम्बर–१ का उम्मेदवार राजकाजी गुरुङ (करण) ले सोमबार रुपा गाउँपालिकाका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरे । रुपा–३ टाकेञ्जामा सहिदहरूको सालिकमा माल्यार्पण गरी कार्यक्रम सुरु गरेका उनले मतदाताबाट विगतका वाचा र पार्टीका एजेन्डा नबिर्सन सुझाव पाए ।

कास्की क्षेत्र नम्बर–२ का उम्मेदवार हेमबहादुर थापा (आमोद) ले गरिब, सुकुम्बासी, सीमान्तकृत समुदायदेखि राष्ट्रिय पुँजीपतिसम्म सबैको समतामूलक समाजको खाका नेकपासँग मात्र रहेको दाबी गरे । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले भने, “गरिब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुनिश्चित नगरी समृद्ध शहरको कल्पना गर्न सकिँदैन, र यसको नेतृत्व नेकपाबाहेक सम्भव छैन ।”

उनले संकटका बेला माथिल्लो वर्ग भाग्ने र त्यसको असर गरिब तथा मध्यम वर्गले भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै भने, “संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधान खोज्नुपर्छ ।”

कास्की क्षेत्र नम्बर–३ का उम्मेदवार गोपाल गिरी ले माछापुच्छ«े गाउँपालिका र पोखरा महानगरका विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट गरिसकेका छन् । ‘जेन्जी’ युवाको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि नेकपाको जित आवश्यक रहेको उनले बताए । आज अन्नपूर्ण गाउँपालिकामा चुनावी प्रचारप्रसार तथा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन