मंसिर १६, स्याङ्जा, बिरुवा
बिरुवा गाउँपालिकाद्वारा स्थापित स्थानीय खेलकुद विकास समितिको आयोजनामा भएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मंसिर १४ गतेदेखि १६ गतेसम्म बिरुवा गाउँपालिका–८, मेथाभुरुङस्थित पुष्पमदन खेलमैदानमा भव्य रूपले सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको प्रतियोगितामा गाउँपालिकाभित्रका १० विद्यालयले सहभागिता जनाएका थिए। विभिन्न विधाका खेलहरूमा छात्र–छात्राहरूले आकर्षक प्रदर्शन प्रस्तुत गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका थिए।
प्रतियोगिताको नतिजा
-
प्रथम : श्री भुरुङचौकी माध्यमिक विद्यालय
— स्वर्ण १०, रजत ९, कास्य २० -
द्वितीय : श्री जामुनेडाँडा माध्यमिक विद्यालय
— स्वर्ण ६, रजत ५, कास्य २० -
तृतीय : बिरुवा मुनलाईट एकेडेमी
— स्वर्ण ५, रजत ४, कास्य ४० -
चौथो : श्री नवज्योति माध्यमिक विद्यालय
— स्वर्ण ४, रजत ३, कास्य २०
समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालले विजयी टिमहरूलाई पदक तथा शिल्ड वितरण गर्नुभएको थियो।
कार्यक्रमभरि युवा खेलाडीहरूको उत्साह, प्रतिभा र मेहनतले मैदानमा अतिरिक्त ऊर्जा थपेको थियो। स्थानीय स्तरमै प्रतिभा पहिचान हुने भएकाले खेलकुद विकासमा सरकारले दिएको प्राथमिकता अत्यन्त महत्वपूर्ण भएको आयोजकले उल्लेख गरेका छन्।
कार्यक्रमका केही झलकहरू पनि सार्वजनिक गरिएको छ, जसले आजका प्रमुख क्षणहरूलाई झनै स्मरणीय बनाएको छ।
















प्रतिक्रिया लेख्नुहोस्:-