माघ २२, स्याङजा,
रेशम राना,
बिरुवा खबर डटकम
स्याङजाको विरुवा गाउँपालिका वडा नं–३ धोबादी स्थित लाकुरी डाँडामा जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमै मुत्यु भएको छ । मुत्यु हुनेमा विरुवा गाउँपालिका ३ खाली बस्ने वर्ष २६ का जिप चालक बेल बहादुर थापा र सोही ठाउँ बस्ने अर्का बर्ष ३२ को भेष बहादुर थापा रहेका छन् ।
विरुवाबाट खाली तर्फ जाँदै गरेको ग १ ज ५९३९ नम्बरको जिप सडकदेखी ३५० फिट तल खसेर दुर्घटना भएको थियोे । गएराती भएको दुर्घटन स्थानियबासी विहान घाँस काट्न जाने क्रममा गाडी देखेपछी मात्र सम्बन्धीत ठाउँमा जानकारी गराएको थियो । घटनाको जानकारी पाए लगत्तै स्याङजा तथा विरुवाचौकीबाट प्रहरुी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्नसाथा थप अनुसन्धान गरी मृतककोे लास पोस्टमार्टमका लागी जिल्ला अस्पताल पठाएकोे थियो ।
थप जानकारी आउन बाँकी ।

















प्रतिक्रिया लेख्नुहोस्:-