भादौ ३०, स्याङ्जा
आइतबार रातिदेखिको अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन्। प्राप्त जानकारी अनुसार प्रभावित स्थानहरू निम्न छ
सिद्धार्थ राजमार्ग, बयरघारीस् स्याङ्जाको बयरघारी मा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो पन्छाएर बाटो खुलाउने कार्य जारी रहेको छ।
आँधिखोला गाउँपालिका:
वडा नं. ५, स् पहिरोले बाटो अवरुद्ध भएको र खुलाउनका लागि जेसिबि (Jcb) पठाइएको छ, वडा नं. ९, बेझाड खण्डस् यो खण्डमा पनि पहिरोले सडक अवरुद्ध भएको छ। त्यस्तै
वडा नं. ६, टिकाजामास् यहाँ पनि पहिरोका कारण बाटो बन्द छ।
राङ्खोला(बिरुवा सडकस् यो सडक अन्तर्गतको राङ्खोला(धोवादी खण्डमा पहिरो गएकाले सडक अवरुद्ध भएको छ।
सेतिदोभान(पन्चमुल(आरुचौर सडकस् यस सडक खण्डको बेग्डाडामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ।
बाडखोला(नयाँबजार सडकस् यस सडकको चम्फापानी भन्ने स्थानमा पहिरो गएको छ। दुईपाङ्ग्रे सवारी साधन बाहेक अरूका लागि बाटो बन्द गरिएको छ। वैकल्पिक मार्गको रूपमा बाडखोला(सरादुम(लत्रेपिपल सडक प्रयोग गर्न अनुरोध गरिएको छ। नगरपालिकाले बिहान ९ बजेसम्ममा बाटो सफा गरिसक्ने जानकारी दिएको छ।
स्रोतः डोल बहादुर गुरुङ(सुरज) स्याङ्जा















प्रतिक्रिया लेख्नुहोस्:-