असोज–१०, स्याङ्जा
स्याङ्जाको मसर्कामा पूरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता शुभारम्भ भएको छ । प्रतियोगिता पु.ब.न.पा.–७ मसर्कामा रहेको श्री सितला युवा क्लबले आयोजना गरेको हो । प्रतियोगितालाई जनता माध्यामिक विद्यालय ठुलाडीका प्रधानध्यापक खुम बहादुर रानाद्धारा राष्ट्रिय रेफि युवराज गुरुङलाई बल हस्तान्तरण गरी समुद्घाटन गरिएको थियो ।
हिन्दुहरुको चाडा बडादशैको उपलक्षमा क्लबले सो प्रतियोगिता आयोजना गरिएको हो । क्लबले भलिबल मात्र नभई एकल नृत्य प्रतियोगिता तथा आमासमुह गायन प्रतियोगिता पनि आयोजना गरिएको छ । जसले महिला तथा नृत्य प्रतिभाहरुलाई थप उर्जा मिल्नेछ ।
युवाहरुलाई खेलमार्फत आफ्नो प्रतिभाहरु प्रस्फोटन गराउनु, स्थानिय कृषि तथा आन्तरिक पर्यटनमा टेवा पु¥यउनु, समाजलाई एकता बद्ध भई विकासको कार्यमा अग्रसर गराउन प्रतियोगिताको उद्देश्य हो । प्रतियोगिता असोज १० देखी १४ गते सम्म सञ्चालन हुने जानकारी क्लब अध्यक्ष सुभास थापा मगरले जानकारी दिएको छ ।















प्रतिक्रिया लेख्नुहोस्:-