पोखरा — न्यूरोड टिम (एनआरटी) लाई सडन डेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउट हुँदै सडन डेथमा पुगेको हो ।
खेलको २५ औं मिनेटमा एनआरटीका रिचर्ड विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ६४ औं मिनेटमा चर्च ब्वाइजले बराबरी गोल फर्कायो । चर्च ब्वाइजले पाएको पेनाल्टीमा नविन लामाले कुनै गल्ती नगरी सहजै गोल गरे । निर्धारित ९० मिनेट १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेटमा धकेलियो । उक्त समयमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउट ४–४ को बराबरीमा टुंगिएपछि खेलमा सडन डेथको सहारा लिनुपर्यो ।
पेनाल्टी सुटआउटमा चर्च ब्वाइजका नविन लामा, मिलन राई, अकिन्स बाफोउर र अबायोमी फाकुनलेले गोल गरे । सकल रेग्मीको प्रहार पनि क्रसबार माथिबाट बाहिरियो । एनआरटीका कप्तान अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ र गोलकिपर विशाल सुनारले गोल गरे । एन्जल महर्जनको प्रहार बाहिरिएको थियो ।
सडनडेथमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पहिलो गोल गरे । त्यसपछि आएका एनआरटीका राजीव लोप्चनले गोल फर्काए । चर्च ब्वाइजका सर्ज ढिकाको पेनाल्टी एनआरटीका गोलरक्षक विशाल सुनारले बचाए ।














प्रतिक्रिया लेख्नुहोस्:-