पोखरा, २४ साउन ः लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रमममा ५५ युनिट रगत संकलन भएको छ । बर्षासंगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
लायन्स क्लव रक्तदान विभाग प्रमुख मिन वहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवन दान, जीवनदान महादान बाट प्रेरित लायन्स क्लवहरुले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवा वर्गलाई प्रेरित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
क्लवका अध्यक्ष सिता काप्mलेको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर मन्दिरका अध्यक्ष नरेन्द्र शर्मा भण्डारी, लायन्स दुर्गा कुमारी आचार्य, लक्ष्मी शर्मा लगायतले रक्तदानको महत्व मार्थि प्रकाश पार्नुभएको थियो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-