फागुन ३ बिरुवा, स्याङ्जा
स्याङ्जाको बिरुवा गाउपालिकामा ८ अाै अध्यक्ष कप २०८१ सम्पन्न भएकाे छ । वडा नं ८ मेथाभुरुममा अवस्थित पुष्पलाल खेलमैदानमा पालिका अध्यक्ष सुर्य बहादुर कुवरकाे प्रमुख आतिथ्यतामा समापन गरिएकाे थियाे । समापन कार्यक्रममा बिजेता टिमहरुलाई प्रमुख अतिथि द्वारा पुरस्कार बितरण गरिएकाे थियाे । प्रतियाेगितामा ३ खेल समावेश गरिएकाे थियाे । जसमा पुरुष भलिबल तर्फ वडा नं ७ प्रथम हुन सफल भएकाे थियाे । त्यस्तै द्वितीय स्थानमा भने वडा नं ५ अत्यन्तै प्रतिस्पर्धा हार वेहाेर्दै बुझाएकाे छ । तृतीय स्थानमा भने वडा नं ६ र सन्त्वनामा वडा नं १ भएकाे थियाे ।प्रतियोगितामा बिजेता टिमले क्रमश ८० हजार, ५५ हजार , ३० हजार र १५ हजार मेडल ट्रफि प्रमाणपत्र बितरण गरिएकाे थियाे । त्यस्तै महिला भलिबल तर्फ वडा नं ७ प्रथम हुन सफल भएकाे थियाे भने द्वितीय स्थानमा वडा नं ४ ले चित्त बुझाएकाे छ । तेस्राे स्थानमा भने वडा नं ८ र सन्त्वना भएकाे थियाे । महिला भलिबल पुरस्कार क्रमश प्रथम, द्वितीय, तृतीय र सन्त्वनाले ५०हजार, ३० हजार, २० हजार र १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । बिधागत तर्फ वेष्ट सेटरमा वडा नं ७ का गाैरब गुरुङ, वेष्ट शस्पाईकरमा वडा नं ५ का सनिस बि.क, वेष्ट ब्लकरमा वडा नं ७का हाेम गुरुङ, वेष्ट डिफेण्डरमा वडा नं ५ असिम बि.क, वेष्ट क्वीकरमा वडा नं ५ का कमल सुनार, वेष्ट सर्भरमा वडा नं ६का संजाेक बि.क र वेष्ट प्लेयरमा वडा नं ७ का जीवन गुरुङ घाेसित भएकाे थियाे । महिला भलिबलमा बधागतमा वेष्ट सेटरमा वडा नं ४ खेलाडी अमिसा थापा, वेट डिफेन्डरमा वडा नं ४ का सृजना राना, वेष्ट सरवरमा वडा नं ७ का सपना गुर, वेष्ट स्पाईकरमा वडा नं ७ का खुमाया गुरुङ, वेष्ट क्वीकरमा वडा नं ८ का शाेप्रिया गुरुङ र वेष्ट प्लेयरमा वडा नं७ का साेनी गुरुङ घाेषित भएका थिए। ब्याडमिन्टनकाे पुरुष तर्फ वडा नं ७, प्रथम वडा नं ८ द्वितीय र वडा नं ८ र ७ तृतिय स्थानमा चित्त बुझाएकाे छ ।
बिजेताले क्रमश १० हजार, ७ हजार, ४/४ हजार प्रदान गरिएकाे थियाे । महिला तर्फ भने वडा नं १ प्रथम, वडा नं ७ द्वितीय र वडा नं नं ७ र वडा नं ८ तृतीय हुन सफल भएकाे थियाे । जसले क्रमश ७ हजा, ५ हजार, ३/३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । सटफुट तर्फ भने भने दुजुक थापा प्रथम, सबिन थापा द्वितीय र गणेश गुरुङ तृतीय हुन सफल भएकाे छ । बिजय खेलाडीले क्रमश ५ हजार, ३ हजार र १५ सय नगत र मेडल प्रदान गरिएको थियाे ।















प्रतिक्रिया लेख्नुहोस्:-