तेश्रो महाधिवेशन, उम्मेदवारी मनोनयन दर्ता सुरु
बुलौंदी पोखरा ईभेन्ट सेन्टरमा चैत्र ९ गते लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ M, नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । जसमा लायन बर्ष २०२५/०२६ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा पिएमजेएफ लायन धनीराम बराल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा एमजेएफ लायन रत्न पराजुली र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा एमजेएफ लायन किशोर बरालको उम्मेदवारी दर्ता भएको छ ।
पोखरा २२ पुम्दिभुम्दिमा जन्मनु भै पोखरा ९ नागढुंगामा स्थायि रूपमा बसोबास गर्दै आउनु भएका पिता भीमनाथ बराल र माता टोयादेबी बरालको कोखबाट जन्म लिनु भएका धनीराम बराल करीब २५ बर्ष अगाडी लायन्समा प्रबेश गर्नुभएको थियो । लायन्स क्लव अफ पोखरा फिस्टेल सिटीका संस्थापक अध्यक्ष हुंदै डिष्ट्रिक्टको बिभिन्न महत्त्वपूर्ण पदहरूमा रही नेतृत्व गर्दै आउनु भएको छ । लायन्स लगायत विभिनन सामाजिक संघसंस्थाहरू मार्फत योगदान दिदैं आउनु भएकोमा करिब २६ भन्दा बढी देशहरूको भ्रमण गरी भिन्न अनुभावहरु लिईसक्नुभएको छ । व्यवसायी बराल पृथ्वी नारायण क्याम्पस, पोखराबाट आई.ए र आई.एस.सी.गरी भारतको कोलकताको Astrology Astrological Research Center मा अध्यन गर्नु भएको थियो । डिष्ट्रिक्ट र अन्तराष्ट्रियबाट थुप्रै अवार्डहरू प्राप्त गरिसक्नुभएका गभर्नर पदका क्याण्डिडेट धनीराम बरालले ALLI जस्ता थुप्रै तालिमहरूमा सहभागी हुनुभएको छ । लायन्सको बिभिन्न कोषहरूमा Contribution पनि गर्नु भएको छ ।
प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दर्ता गर्नुभएका काठमाण्डौ महानगर ३२ मा बस्नुहुने पिता स्व.प्रेम प्रसाद पराजुली र माता भक्त कुमारी पराजुलीको सुपुत्र लायन रत्न पराजुली लायन्स क्लव अफ काठमाण्डौ देउरालीका पूर्व अध्यक्ष हुनुहुन्छ । B.Com सम्मको पढाई सक्नु भएका रत्न पराजुली करीब ११ बर्ष अगाडी लायनिज्मको यात्रा शुरूवात गर्नु भएको थियो । डिष्टिक्टको बिभिन्न महत्वपूर्ण पदहरूमा रहि नेतृत्व बिकास गर्दैLLC, RLLI, ALLI जस्ता थुप्रै तालिमहरूबाट आफ्नो क्षमता बृद्धि गर्नु भएको छ । Best president Award,Outstanding zone chairperson Award,International President Award,International Leaserdhip Medal (3times),District Governor’s Medal (8times) लगायत थुप्रै अवार्डहरू प्राप्त गर्दै लायन्स लगायत बिभिन्न सामाजिक संस्थाहरूसंग जोडिदै समाजमा योगदान पुर्याउंदै आउनु भएको छ । पेशाले व्यवसायि हुनुहुन्छ भने करिब २० भन्दा बढी देशको भ्रमण अवलोकन गरिसक्नुभएको छ । लायन्सको बिभिन्न कोषहरूमा राम्रो कन्ट्रिभुसन समेत गर्नु भएको छ ।
द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार पोखरा ७ मासबार, कास्कीमा पिता टंकनाथ बराल र माता कृष्ण कुमारी बरालको कोखबाट जन्मने सौभाग्य पाउनु भएका एम जे एफ लायन किशोर बरालले ऋत्भ्ख्त् बाट अ.हे.ब. साथै पृथ्वीनारायण क्याम्पस,पोखराबाट MBS र LLB उत्तिर्ण गरी पेशा व्यवसायको रूपमा शैक्षिक क्षेत्रलाई अंगाल्नु भएका किशोर बराल एञ्जल्स मन्टेश्वरी स्कूल, मासबारका फाउण्डर तथा डाईरेक्टर हुनुहुन्छ । करीब १६ बर्ष अगाडी लायन्स क्लव अफ गोल्डेन चौतारी मार्फत लायनिज्मको महासागरमा प्रवेश गर्नु भै क्लव र डिष्ट्रिक्टको महत्वपूर्ण पदहरूमा रहि नेतृत्व गरिसक्नु भएको छ । District Area Training pool,Transforming Life,Lions Leadership Camp(LLC),Lions Leadership Graduation,Lions Orientation and Leadership Training,Regional Lions Leadership Institute(RLLI),Advanced Lions Leadership Institute(ALLI),Facillitator(District Governor’s Schooling Program) र Training of Trainers (TOT) जस्ता तालिमहरूबाट दिक्षित हुनुभएका बराल लायन्सको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।Leadership Medal,Presidential Medal साथै डिष्ट्रिक्ट र अन्तराष्ट्रियबाट थुप्रै सर्टिफिकेट र मेडलहरू बाट हरेक बर्ष अवार्ड प्राप्त गर्नुका साथै सम्मानित हुनु भएको छ । लायन्सका बिभिन्न थुप्रै कोषहरूमा राम्रो कन्ट्रिभुसन गर्नु भै लायन्स तथा अन्य सामाजिक संस्थाहरू मार्फत समाजमा उच्च किसिमको योगदान प्रदान गर्नुभएको छ । यसैबिच करीब ५ वटा भन्दा बढी देशहरूको अवलोकन भ्रमण पनि गरिसक्नु भएको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-