मंसिर २, स्याङ्जा
न्यू फ्रेन्डशिप युवा क्लब द्वारा आयोजित दोस्रो द्वादशी मेलाको तेस्रो दिन विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमाले बिरुवा गाउँ कमिटी अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यममा कार्यक्रम सम्पन्न भएको हो । कृषि, पर्यटन, सस्कृति र खेलकुद बिकासका लागि न्यू फ्रेन्डशिप युव क्लब भन्ने उद्घोसका साथ आयोजित कार्यक्रमको भलिबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फ १ र महिला तर्फ ३ गरी ४ वटा खेलहरु सम्पन्न भयो ।
तेस्रो दिनको पहिलो खेल अन्तर्गत भिरकोट ३ र बिरुवा ६ बिच भएको खेलमा भिरकोटले जित हात पारी दोस्रो राउण्डमा प्रवेश गरेको छ । महिला तर्फ शुक्ल गण्डकी तनहुँ र चिन्नेवास ६ बिच भएको खेलमा शुक्ल गण्डकीले जित हात पारी दोस्रो राउन्डमा प्रवेश गरेको थियो । त्यस्तै चापाकोट ४ र बिरुवा ४ ओरस्टे बिच भएको खेलमा चपकोटले जित हात पारी दोस्रो राउण्डमा प्रवेश गरेको थियो । त्यस्तै महिला तर्फको सेमिफाइनल खेल चिन्नेवास ६ र शुल्क गण्डकी तनहुँ बिच आजै सम्पन्न भएको छ । जसमा शुल्क गण्डकीले जित हात पारी फाइनलमा प्रवेश गरेको छ ।
सास्कृतिक कार्यक्रम तर्फ आज राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरु शंकर बिरही गुरुङ, चिनु थापा मगर, बत्ती थापा, बिजय राणापाल, नृत्यांगना जुमिना गुरुङ, आशु गुरुङ लगयतको गायन तथा नृत्य प्रस्तुत गरी मेलाको रौनक तताएका थिए ।
कार्तिक ३० गते बाट शुरु भएको मेला मङ्सिर ३ गते सम्पन्न हुने छ । ४ दिन सम्म संचालन हुने यस मेलामा विभिन्न स्टलहरु समेत राखिएको छ । जहाँ स्थानिय उत्पादनका विभिन्न सामाग्रीहरु बिक्री तथा प्रदर्शनमा राखिएको छ । मेलामा उपस्थित हुने दर्शकहरुले स्टलहरुमा विभिन्न परिकारहरुको स्वाद समेत चाख्न पाइने छ ।
भलिबल प्रतियोगितामा बिजेता हुने पुरुष तर्फको समुहले प्रथम, द्वित्तिय, तित्तिय र सान्त्वना पुरस्कार स्वरुप क्रमस नगद रू ६६,६६६, ४४,४४४, २२,२२२, र ११,१११ का साथै ट्रफी मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । साथै महिला तर्फ प्रथम, द्वित्तिय र तित्तिय हुने समुहले क्रमस नगद रू २२,२२२, ११,१११, ५,५५५ का साथै ट्रफी मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-