जेठ २९, पोखरा
नेपाली काँग्रेसले शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन चेतावनी दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुन मुख्यमन्त्रीमा दाबाले षडयन्त्रको आशंका बढाएको बताए ।
शर्माले बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ ? भन्दै प्रश्न समेत गरेका छन् । बहुमत सांसदको हस्ताक्षरसहित काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेपनि नियुक्ति प्रक्रिया रोकेर राखिएको छ ।
यता गुरुङले पनि आज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-