कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

बिरुवा खबर बिरुवा खबर
समाचार
November 19, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, मङ्सिर ३ । युवा पत्रकार सुमन थापा सिञ्जालीमगर मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम, सेकेण्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको संयोजनमा बिहीबार आयोजित कार्यक्रममा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सिञ्जालीमगरलाई घलेक, नगद रु. १० हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

कास्कीलाई कर्मथलो बनाएर विसं २०६८ देखि पत्रकारितामा सक्रिय सिञ्जालीमगरले युनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता यात्रा सुरु गर्नुभएको हो । उहाँले जननी एफएम, बिग एफएम, परिचय डटकम, गन्थन डटकम, समाधान राष्ट्रिय दैनिक र कथालिका डटकमलगायत सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

पत्रकारिता विषयमा स्नातक तहको अध्ययन पूरा गर्नुभएकी उहाँले रेडियो, अनलाइन र छापा पत्रकारितामा अनुभव हासिल गर्नुभएको छ । हाल फोनिज गण्डकी र नेपाल मगर पत्रकार सङ्घ कास्कीको कोषाध्यक्षका रूपमा समेत सक्रिय हुनुहुन्छ ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान र युवा पत्रकारितामा देखाएको सक्रियताको मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले उहाँको नाम सिफारिस गरेको थियो ।

पुरस्कार ग्रहणपछि सिञ्जालीमगरले सम्मानले पत्रकारितामा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो । आदिवासी जनजातिको हकअधिकार, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका साथै ब्रिटिस गोर्खाहरूको हकअधिकार र उनीहरूमाथि हुने विभेदविरुद्ध कलम चलाउन थप जिम्मेवार बनाएको उहाँको भनाइ थियो । उहाँले आफ्नो पत्रकारिता यात्रामा साथ र हौसला दिने परिवार, अग्रज, सहकर्मी तथा जीवनसाथीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले भाषा, संस्कृति, पहिचान र अधिकारका सवाल उजागर गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले आदिवासी जनजाति पत्रकारलाई आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थप सक्रिय हुन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले गुरुङ र मगर भाषासम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै उहाँले मातृभाषाको व्यावहारिक प्रयोगमा जोड दिनुभयो । सरकारी कार्यालय तथा सार्वजनिक क्षेत्रमा समेत मातृभाषाको प्रयोग हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिता क्षेत्रमा पुरस्कार स्थापना गरी योगदान पुर्‍याएकोमा अक्षयकोषदाता गुरुङ दम्पतीलाई धन्यवाद दिनुभयो । उहाँले सानो लगानीले पनि पत्रकारिता क्षेत्रमा ठूलो योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै अक्षयकोषमार्फत पत्रकारलाई प्रोत्साहन गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

पछिल्लो समय पत्रकारितामाथि विभिन्न चुनौती थपिएको उल्लेख गर्दै पौडेलले सञ्चारमाध्यममाथि सरकारी धरपकड, पत्रकार पक्राउ र त्रास सिर्जना गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो । प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि पुरस्कार तथा सम्मानले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । पत्रकारको हकहित, संरक्षण, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको विकासका लागि महासङ्घ निरन्तर क्रियाशील रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुरस्कारका अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकारिता क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा अक्षयकोष वृद्धि गरी पुरस्कार राशि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिजका केन्द्रीय सचिव एमबी आस्थामगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, फोनिजका संस्थापक अध्यक्ष रुद्र बहादुर मगर, मगर पत्रकार सङ्घ कास्कीका अध्यक्ष सुरज थापामगरलगायत अग्रज पत्रकार तथा जातीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तमु विद्यार्थी समिति कास्कीका सदस्यहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फोनिज कास्कीका उपाध्यक्ष सुशील श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव देविका तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

November 18, 2026

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

November 17, 2026

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

November 15, 2026

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

November 6, 2026

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026

सर्वाधिक पढिएका

समाचार

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

November 19, 2026
समाचार

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

November 18, 2026
समाचार

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

November 17, 2026
समाचार

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

November 15, 2026
समाचार

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026
समाचार

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

November 6, 2026

ताजा समाचार

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

बिरुवा खबर
November 19, 2026
0

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

बिरुवा खबर
November 18, 2026
0

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

बिरुवा खबर
November 17, 2026
0

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

बिरुवा खबर
November 15, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन