अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) को क्यालेन्डर अनुसार SAFF U-19 Women’s Championship 2026 नेपालमा आयोजना गर्ने तयारी पूरा गरेको जनाएको छ।एन्फाका अनुसार प्रतियोगिता २०८२ माघ 17 देखि माघ 24 गतेसम्म (31 January – 7 February 2026) पोखरा रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश सहभागी हुनेछन्।
प्रतियोगिताको तयारीका विषयमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत एन्फाले सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। प्रतियोगिताका सबै खेलहरू Sportzworkz को युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
एन्फाका अनुसार प्रतियोगिताका लागि टिकट दर सामान्यतर्फ ३०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ तोकिएको छ। टिकट डिजिटल माध्यम वा भौतिक रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
नेपालको U-19 महिला टोली हाल मुख्य प्रशिक्षकको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट करिब २ लाख अमेरिकी डलरभन्दा बढी रहेको जानकारी पनि दिइएको छ।प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न एन्फाले सम्पूर्ण सञ्चारकर्मी, खेलप्रेमी दर्शक तथा सरोकारवाला निकायसँग सहयोगको अपेक्षा गरेको छ।














प्रतिक्रिया लेख्नुहोस्:-