२३ बैशाख, पोखरा
पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणको उत्कष्ट खेलाडीमा पुरुषतर्फ नेपाली राष्ट्रिय त्रिकेटका खेलाडी करण केसी र महिलातर्फ फुटबलकी सावित्रा भण्डारी साम्बा घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि अवार्ड वितरण गर्दै आइरहेको छ । उपाधिसँगै दुवै खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।
पुरुषतर्फ करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी केसीको जन्म बागलुङमा भएको थियो । राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेल खेलेका उनले त्यस अवधिमा ३ सय १४ रन बनाएका छन् ।
यसैगरी टि–२० मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् ।
करणले नेपाललाई आईसीसी विश्वकप लिग–२ मा शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चार वर्षसम्मलाई ओडीआई मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएका थिए । त्यस्तै महिलातर्फ पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको सर्वोत्कृष्ट फुटबलकी सावित्रा भण्डारी घोषित भएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-