कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एसियाडको क्रिकेटमा भारतसँग पराजित नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगियो

बिरुवा खबर बिरुवा खबर
खेलकुद
October 3, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१६ असोज, पोखरा ।

चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३  रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा  ४ विकेट गुमाएर २०२  रन बनाएको थियो । जवाफमा नेपालले  पूरै २० ओभर खेल्दा ९  विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो । त्यो महँगो ओभरमा मात्रै भारतका रिंकु सिंहले दुई चौका र दुई छक्का हानेका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बल खेल्दै ४ चौका मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै सन्दिप जोरा र कुशल मल्लले समान २९ रन बनँए । जोराले १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दा २२ बल खेलेका कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २८ रन जोडे । आसिफ शेखले ६ बलमा १० रन बनाए । कप्तान रोहित पौडेल ३, सोमपाल कामी ७, गुल्शन झा ६ र सन्दीप लामिछाने ५ रनमा आउट भए । करण केसी  रनमा अविजित रहे ।

भारतका लागि रवि बिश्नोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । र आभेष खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अर्शदिप सिंह २ तथा साई किशोरले १ विकेट लिए । त्यसअघि ओपनर यशस्वी जैसवालले  शतक प्रहार गर्दा भारतले २०२ रन बनाएको थियो । जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मदतमा १०० रन बनाए । उनले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि यो जोडीले १०३ रनको साझेदारी गरेका थिए । भारतले पावर प्लेमै विना क्षती ६३ रन बनाएको थियो ।

दीपेन्द्र सिंह ऐरीले १०औं ओभरमा उक्त साझेदारी तोड्दै  नेपाललाई पहिलो सफलता दिलाएका थिए । दीपेन्द्रले भारतका कप्तान रुतुराज गाएकवार्डलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । गाएकवाडले २५ बल खेल्दै ४ चौका मदतमा २३ रन बनाए । त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक वर्मालाई १२औं ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाएका हुन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए ।

लगत्तै १३औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए  ।

तर त्यसपछि शिवम दुवे र रिंकु सिंहले आक्रमक ब्याटिङ गर्दै भारतको स्कोरलाई २०० कटाएका थिए ।  रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए । रिंकुले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

छाचोक तीज मेला २०८३ भव्य रूपमा सम्पन्न

September 16, 2026

कल्पको गण्डकीस्तरीय मिडिया कप फुटसलको मुख्य सहयोगीमा ’सीडीएच’

August 31, 2026

May 30, 2026

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

May 27, 2026

नेपालको शानदार जित, अमेरिकामाथि ९ विकेटको दबदबा

May 16, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन