जेठ १९, पोखरा पोखराः युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका–३, नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र चित्त बुझाएको छ । प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए भने उत्कृष्ट स्पाइकर टेक बहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना घोषित भए । विधागत घोषित खेलाडीहरुलाई नगद राशीबाट पुरस्कृत भए ।
कुल १६ टिमबाट विजेता तथा उपविजेता बनेको टोलीलाई समापन समारोहका प्रमुअ अतिथि गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, आयोजक संस्थाका अध्यक्ष धिरज गुरुङ, प्रायोजकलगायले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवार र आयोजक संस्थाको तर्फबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
युनाइटेड किङ्स क्लबका अध्यक्ष धिरज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अशोक थापाले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-