हुम बहादुर गुरुङ
कार्तिक, १७, पोखरा
चारभन्ज्याङ तमु समाज युकेद्वारा आयोजित ४ दिने चारभन्ज्याङ ग्लोबल युथ भिजिट २०२४ सम्पन्न गरेकोछ। देश बिदेशमा रहेका युवाहरुलाई आफ्नो गाउको चिनारी, चारभन्ज्याङको संस्कृती, जनजिवन, बिकासको अवस्था , भौगोलिकता साथै पैत्रिक थलोप्रती मोह जगाउने उद्देश्यले आयोजित युथ शनिवार सम्पन्न गरेको हो। चारभन्ज्याङ अन्तर्गत खाल्टे, ठाना, नेपाने, घन्तरी, लामे, फलामखानी, घण्टे, दाद्रा, मुलावारी, महाशिला र भँगरा गाँउको भ्रमण गरि पोखरा फर्केको टोलीलाई तमु धिं नेपालमा स्वागत एवम युवाहरु बिच अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा युथ भिजिट टिमलाई तमु धिं नेपाल, तमु धिं नेपाल केन्द्रिय युवा समिती, आमा समिती र गोर्खाली रेडियोले टीका, खदा, फेटा, घलेकबाट स्वागत गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्यसहित तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्ष रमेश गुरुङले युवा समितिले गरेका गतिविधि, आगामी कार्ययोजना साथै युवा समितिको उद्देश्यको बारेमा प्रष्ट पार्नुभएको थियो। यसरी नै युथ भिजिटको अनुभव बारे प्रशंसा गुरुङ युके, बिनोद गुरुङ युके र स्मृति गुरुङले जानकारी गराउदै युथ भिजिट अत्यन्तै उपलब्धीमुलक बनेको बताउनुभयो । युथ भिजिटको बारेमा चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङले प्रष्ट पार्नु हुँदै फेब्रुवरी १५ मा पोखरामा चारभन्ज्याङ च्यारिटी डिनर नाइट आयोजना गरिएको बताउनुभयो । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खाली रेडियोका स्टेसन मेनेजर खिमा गुरुङले शुभकामना ब्यक्त गर्नुभएको थियोभने कार्यक्रम संचालन तमु धिंका महसचिव जुना गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। युथ भिजिट समुहले तमु धि नेपालको गुरुङ संग्रहालय अवलोकन गरेका थिए । कार्तिक १४ देखि १७ गतेसम्मको भएको चारभञ्ज्याङ युथभिजिटमा युके, पोखरा र काठमाडौबाट २१ जना युवाहरुको सहभागीता रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-