रिदेश सुनार
पोखरा महानगरपालिका वडा न ९ नयाबजारमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। देशका विभिन्न ठाउबाट व्यसाय, रोजगारी तथा अध्यनको शिलशिलामा नया बजारमा आएर बसेका युवाहरुको क्लब नयाबजार युवा क्लब द्वारा आयोजित उक्त प्रतियोगिता यहि भाद्र १२ देखि १४ गते सम्म नयाबजार खेल मैदानमा संचालन हुनेछ।

जिल्ला तथा प्रदेश स्तरका खेलाडि सहभागी हुन नपाउने उक्त प्रतियोगितामा बिजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगितामा सहभागी खेलाडि मध्य उत्कृस्ट सेटर,स्पाइकर, डिफ़ेण्डर, ब्लकर र सर्वोत्कृस्ट खेलाडि चुनिने छन् ।

बिरुवा खबर संगको कुराकानीमा क्लबका अध्यक्ष समिर श्रेष्ठले प्रतियोगितामा सहभागी हुन नगद रु ५ हजार टिम दर्ता शुल्क लाग्ने बताए। साथै टिमले मैदानमा उपस्थित हुदा आफ्नो टीमको नाम अंकित जर्सी लगाउनुपर्ने जानकारी दिएका छन्। त्यस्तै प्रतियोगितामा कुनै पनि बिबाद आएमा नेपाल भलिबल संग को परिधि भित्र रहेर आयोजक र रेफ्रीको निर्णयलाइ अन्तिम निर्णय मानिने क्लबका सचिब सुमन थापा ले बिरुवा खबरलाई जानकारी दिएका छन्।

नयाबजार युवा क्लबको मुख्य आयोजनामा हुने यस प्रतियोगितामा आरम्भ स्पोट्स हाउस सहआयोजक रहनेछ।

















प्रतिक्रिया लेख्नुहोस्:-