स्याङ्जाको बिरुवा गाउँपालिकामा ९औं अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८३ औपचारिक रूपमा सुरु भएको छ। वैशाख ११, १२ र १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बिरुवा गाउँपालिका–१ स्थित बालकन्या युथ क्लबको खेल मैदानमा भएको हो।
प्रतियोगिताको उद्घाटन पालिकाका अध्यक्ष सूर्य कुँवरले रिबन काटेर गर्नुभएको थियो। उद्घाटन समारोहमा गाउँपालिकाका बुद्धिजीवी, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटनसँगै सुरु भएको प्रतियोगितामा पहिलो दिन महिला तथा पुरुष भलिबल खेलहरू सम्पन्न भएका छन्।
प्रतियोगितामा पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला ब्याडमिन्टन, भेट्रान्स भलिबल तथा पुरुष सटपुट खेल समावेश गरिएको छ। साथै, आजदेखि ब्याडमिन्टन र सटपुट खेलहरू पनि सञ्चालनमा आउने जनाइएको छ।
परुष भलिबल तर्फ प्रथम द्धित्तिय र तृतिय पुरस्कारहरु क्रमस ८०, ५५ र ३० हजार, महिला भलिबल फर्त ५० हजार, ३० हजार र २० नगद पुरस्कार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । व्यडमिन्टन खेलमा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश १२, ८ र ४ हजार महिला तर्फ ७, ५ र ३ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै भेट्रान्स भलिबलमा प्रथम १५ हजार र द्वित्रीय १०हजार नगद सहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । सटफुटमा भने पुरुषको मात्रै प्रतिस्पर्धा रहने छ जसमा प्रथम रु ५ हजार, द्वित्ीय रु ३ हजार र तृतीय रु २ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा हास्य तथा जादुप्रस्तुती, बिरुवा–७, सुरुङ मगर समाजको नृत्य प्रस्तुती, बिरुवा८, जनजागृती आमा समुहको नृत्य प्रस्तुती, समाज कल्याण आमा समुह वडा नं. १ को प्रस्तुती, बिरुवा–८, कालिका देवी आमा समुहको नृत्य प्रस्तुती रहनेछ । ३ दिन सम्म चल्ने उक्त प्रतियोगिता बिरुवा बजारको खेलमैदानम सञ्चालन रहनेछ भने
स्थानीय खेलकुदको विकास तथा प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

















प्रतिक्रिया लेख्नुहोस्:-