कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

हाल नयाँ नेतृत्वको लागि गण्डकी प्रदेश भलिबल सङ्घका कार्यालयका अध्यक्ष राजेन्द्र जिसी गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष तथा स्याङ्जा जिल्ला भलिबल संघका अध्यक्ष वीरेन्द्र खड्का र पर्वत जिल्ला भलिबल संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी लक्ष्मण श्रेष्ठ आकांक्षी देखिएका छन् ।

Ridesh Sunar Ridesh Sunar
खेलकुद
October 6, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रिदेस सुनार

नेपाल भलिबल सङ्घको निर्देशन अनुसार गण्डकी प्रदेश भलिबल सङ्घको प्रदेश अधिवेशन स्थगित भएको छ। २०८३ असोज १९ गते पोखरामा आयोजित प्रदेश अधिवेशन विधान विवादले स्थगन भएको हो।

नेपाल भलिबल संघले जारी गरेको विधान र गण्डकी प्रदेश भलिबल संघले निर्माण गरेको विधान जुन गण्डकी खेलकुद परिषदले कार्यान्वयन गराएको थियो दुई विधान का बुँदाहरू एकआपसमा बाँझिदा अधिवेशन स्थगन भएको हो भने साविकको कार्यसमिति पनि भङ्ग भएको छ। नेपाल भलिबल संघको धारा ८ मा प्रदेश संघको गठन सम्बन्धि निम्न कुराहरू लेखिएको छ
१.नेपाल भलिबल संधको मातहतमा रहने गरि प्रदेशहरुमा प्रदेश भलिबल संघ गठन गर्नेछ । प्रदेश भलिबल संघमा देहाय बमोजिम कम्तीमा एक कार्यकाल जिल्ला भलिबल संघमा बसेका सदस्यहरुबाट बढिमा १५ (पन्ध्र) जना पदाधिकारी एवं सदस्यहरु रहनेछन ।
अध्यक्ष –१ (एक)
उपाध्यक्ष –३ (तीन)
महासचिव –१ ( एक)
सचिव –१ (एक)
कोषाध्यक्ष –१ (एक)
सदस्यहरु – ८ (आठ) बढीमा
२. उपधारा १ बमोजिम गठन हुने प्रदेश संघको
अध्यक्ष –१ (एक)
उपाध्यक्ष –१ (एक)
महासचिव –१ (एक)
कोषाध्यक्ष –१ (एक)
र ५० प्रतिशत सदस्यहर प्रदेश सभाद्वारा निर्वाचित हुनेछ ।
३. उपधारा (२) बमोजिम निर्वाचित भई बाँकी रहेको पदाधिकारी तथा सदस्यहरुमा भलिबल खेलमा सहयोग पुर्‍याएका वा पुर्‍याउन सक्ने व्यक्तिहरु मध्येबाट उपाध्यक्ष –१ र सचिव अध्यक्षले, सदस्य २ जना प्रदेश खेलकुद विकास समितिले र बाँकी सदस्यहरु प्रदेश कार्यसमितिले मनोनित गर्नेछ । महिलाको प्रतिनिधित्व एक पदाधिकारी सहित ३३ प्रतिशत हुनु पर्नेछ ।
४. प्रदेश संघको कार्यसमितिको निर्वाचित वा मनोनित सदस्यहरुको पदावधी ४ वर्षको हुनेछ । मनोनित सदस्यहरुको पदावधी गणना निर्वाचित सदस्यहरु प्दवहाल भएकै मिति देखि गणना हुनेछ ।
५. प्रदेश भलिबल संघको काम कर्तव्य र अधिकार केन्द्रले तोके बमोजिम हुनेछ ।

भने प्रदेश भलिबल संघ द्वारा जारी बिधानमा उम्मेद्वारको योग्यताबारे निम्न कुराहरु तोकिएको छ ।
क. कार्यसमितिको अध्यक्षमा उमेद्धवारी दिने व्यक्ति कम्तिमा एक कार्यकाल संघको पदाधिकारीमा रही काम गरी सकेको हुनुपर्दछ भने पदाधिकारीको उम्मेद्वार हुने व्यक्ति कम्तिमा एक कार्यकाल कार्यसमितिको सदस्य रहेको अनुभव हासिल गरिसकेको हुनुपर्नेछ ।
ख. कार्यसमिति सदस्यका लागि संघको प्रदेश एवं जिल्ला संघमा एक कार्यकाल पुरा गरेको व्यक्ति वा भलिबल खेलको विकासमा योगदान पुयाएको व्यक्ति हुन सक्नेछ ।
ग. फौजदारी अभियोग नलागेको सामाजिक संघसंस्थाको रकम हिनामिना नगरेको, नैतिक पतन, मानसिक सन्तुलन नगुमाएको र गण्डकी प्रदेशको कुनै पनि जिल्लाबाट नागरिकता प्राप्त व्यक्तिले कार्यसमितिको सदस्य पदको लागि उमेद्धवारी दिन सक्नेछन ।
घ. उमेदवारी दर्ता गराउन संघको साधारण सभाको सदस्यहरु मध्येबाट एक जना प्रस्तावक र एक जना समर्थन हस्ताक्षर जुटाउन सक्ने व्यक्ति ।
नेपाल भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ दुवैको विधान विवादले को व्यक्ति मा आउने भन्ने कुराको अन्योल देखिएको छ।हाल नयाँ नेतृत्वको लागि गण्डकी प्रदेश भलिबल सङ्घका कार्यालयका अध्यक्ष राजेन्द्र जिसी गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष तथा स्याङ्जा जिल्ला भलिबल संघका अध्यक्ष वीरेन्द्र खड्का र पर्वत जिल्ला भलिबल संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी लक्ष्मण श्रेष्ठ आकांक्षी देखिएका छन् ।

विधानमा समस्या भएपछि नेपाल भलिबल संघ का केन्द्रीय उपाध्यक्ष तथा अधिबेशन तथा निर्बाचन संयोजक यमबहादुर गुरुङले नेपाल भलिबल संघ को केन्द्रीय कार्यसमिति तथा प्रदेश खेलकुद परिषद् दुवैसँग समन्वय गर्दा विधान नटुङ्गिएपछि नेपाल भलिबल संघ लाई पत्रचार गरी पत्रको जवाफ नआउँदासम्म अधिवेशनलाई स्थगन गरिएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

छाचोक तीज मेला २०८३ भव्य रूपमा सम्पन्न

September 16, 2026

कल्पको गण्डकीस्तरीय मिडिया कप फुटसलको मुख्य सहयोगीमा ’सीडीएच’

August 31, 2026

May 30, 2026

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

May 27, 2026

सर्वाधिक पढिएका

समाचार

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026
खेलकुद

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

October 6, 2026
समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

ताजा समाचार

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

बिरुवा खबर
October 13, 2026
0

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

Ridesh Sunar
October 6, 2026
0

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन