कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

२७औँ आदर्श कप माघको अन्तिम सातामा आयोजना गर्ने तयारी

बिरुवा खबर बिरुवा खबर
समाचार
November 7, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आदर्श युवा क्लबको नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। क्लबको २९औँ साधारणसभा तथा १४औँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष विष्णु हमालसहितको नयाँ कार्यसमितिले पद तथा जिम्मेवारी ग्रहण गरेको हो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सिद्धिविनायक बोर्डिङ स्कुलका सञ्चालक ज्ञानेन्द्र मोहन भट्टराई, नवज्योति टोल विकास समितिका जितबहादुर गुरुङ, लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भीमबहादुर नेपाली (काइँला), क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ तथा पोखरा महानगरपालिका वडा नं. २९ का कार्यवाहक अध्यक्ष क्षेत्रबहादुर गुरुङले क्लबले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिका खेल्दै आएको भन्दै प्रशंसा र धन्यवाद व्यक्त गरे।
शुभकामना मन्तव्यका क्रममा लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भीमबहादुर नेपाली (काइँला) ले आदर्श युवा क्लब र लेखनाथ निर्माण व्यवसायीबीच विगत ६२ वर्षदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
क्लबका निवर्तमान अध्यक्ष पदम गुरुङले आफ्नो नेतृत्वकालमा क्लबलाई अगाडि बढाउन सक्दो प्रयास गरेको बताउँदै केही अधुरा कामलाई नयाँ कार्यसमितिले पूरा गर्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष विष्णु हमालले क्लबलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबको विकास र आगामी योजनालाई सफल बनाउन पूर्वअध्यक्ष तथा अनुभवी अग्रजहरूको अनुभव, सल्लाह र सहयोग आवश्यक रहेको बताउँदै सबैबाट रचनात्मक सहयोगको अपेक्षा गरे।
कार्यक्रममा क्लबका निवर्तमान सचिव तथा नवनिर्वाचित उपाध्यक्ष सन्तोष गुरुङले नवनिर्वाचित सचिव ओमप्रकाश कुमाललाई माइन्युट हस्तान्तरण गरेका थिए।
यसैबीच, क्लबले आयोजना गर्दै आएको २७औँ आदर्श कप आगामी माघ महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जानकारी दिएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

November 15, 2026

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

November 6, 2026

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026

सर्वाधिक पढिएका

समाचार

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

November 15, 2026
समाचार

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026
समाचार

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

November 6, 2026
समाचार

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026
खेलकुद

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026
समाचार

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026

ताजा समाचार

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

बिरुवा खबर
November 15, 2026
0

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

बिरुवा खबर
November 7, 2026
0

बिरुवा प्रहरी चौकीलाई स्थानीय युवाहरूद्वारा फ्रिज सौजन्य

बिरुवा खबर
November 6, 2026
0

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

बिरुवा खबर
October 31, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन