कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेवा किङ्स कप भलिबल एपिएफद्वारा पुलिस पराजित

बिरुवा खबर बिरुवा खबर
खेलकुद, समाचार
November 25, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ९ मंसिर ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको । फेवा  किब्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गतको दोस्रो खेलमा  सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । एपिएफले पहिलो सेट २९–२७ जितेपनि दोस्रो सेट २५–१८ ले पुलिसलाई सुम्पिएको थियो । एपिएफले तेस्रो सेट २५–१८ ले जित्यो भने चौथो सेट २५–२२ ले पुलिसले जित्दै खेलमा पुनारागमन गरेको थियो । पाचौं सेट १५–१३ ले जित्दै प्रतियोगितामा एपिएफले लिग तालिकामा २ अंक जाडेको हो । हार ब्यहोरेको पुलिसले १ अंक जोडेको छ ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत पहिलो दिनको उद्घाटन खेलमा आयोजक युनाइटेड किब्स क्लब र कोसी प्रदेश भलिबल संघ भिड्ने प्रतियोगिता संयोजक थमन गुरुबले जानकारी दिए । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा
हराउँदै ३ अंक जोडेको छ । उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुबले गर्नेछिन् । राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किब्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुबले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेवा किङ्स कप : आयोजकको विजयी सुरुवात

November 25, 2026

पोखरामा हुने ‘फेवा किङ्स कप’को तयारी पूरा, ६ टिम भिड्ने

November 24, 2026

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

November 19, 2026

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

November 18, 2026

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

November 17, 2026

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

November 15, 2026

सर्वाधिक पढिएका

समाचार

फेवा किङ्स कप : आयोजकको विजयी सुरुवात

November 25, 2026
खेलकुद

फेवा किङ्स कप भलिबल एपिएफद्वारा पुलिस पराजित

November 25, 2026
खेलकुद

पोखरामा हुने ‘फेवा किङ्स कप’को तयारी पूरा, ६ टिम भिड्ने

November 24, 2026
समाचार

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

November 19, 2026
समाचार

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

November 18, 2026
समाचार

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

November 17, 2026

ताजा समाचार

फेवा किङ्स कप : आयोजकको विजयी सुरुवात

बिरुवा खबर
November 25, 2026
0

फेवा किङ्स कप भलिबल एपिएफद्वारा पुलिस पराजित

बिरुवा खबर
November 25, 2026
0

पोखरामा हुने ‘फेवा किङ्स कप’को तयारी पूरा, ६ टिम भिड्ने

बिरुवा खबर
November 24, 2026
0

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

बिरुवा खबर
November 19, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन