कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा हुने ‘फेवा किङ्स कप’को तयारी पूरा, ६ टिम भिड्ने

उपाधि राशी ४ लाख रुपैयाँ

बिरुवा खबर बिरुवा खबर
खेलकुद
November 24, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ७ मंसिर ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को तयारी पुरा भएको छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा आगमी मंसिर ९ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।
‘हाम्रो प्रतियोगिता लगत्तै दशौं राष्ट्रिय खेलकुद भएकाले सबैसँग सल्लाह गरेर नै प्रतियोगिताको तयारीमा लागेका हौं, उनले भने, ‘ ६ टिमबीच प्रतिस्पर्धा हुने भएपनि विदेशी खेलाडीहरु पनि आउने भएकाले खेल भव्य र रोमान्चक हुने आस छ ।’
सो प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने संयोजक गुरुङले बताए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।
प्रतियोगिताका सबै खेल हेर्नका लागि सिजनल प्रवेश शुल्क २ हजार ५०० रुपैयाँको निर्धारण गरिएको गुरुङले बताए । ‘अहिले सिजनल पासको शुल्क तोकेका छौ । केही दिनमै डुअर टिकेटको पनि निर्धारण हुन्छ । खेलकुदको विकास गर्ने र सामाजिक काममै खर्चिने उद्देश्यले टुर्नामेन्ट आयोजना गरेको हुनाले त्यस्तो धेरै हुदैन ।’ अध्यक्ष गुरुङले भने । उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीका लागि आवास, यातायात तथा प्राविधिक व्यवस्थापनमा निशुल्क गरेको छ ।
प्रतियोगितालाई विभिन्न संस्थाको साथ
प्रतियोगितालाई भव्य बनाउन विभिन्न संघ संस्था तथा व्यापारिक प्रतिष्ठानहरुले साथ दिएको छ ।
क्लबका सचिव अशोक थापाका अनुसार एजुकेशन पार्टरका रुपमा फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सीले साथ दिएको छ । यस्तै, मेडिकल पार्टनरका रुपमा जिएमसी हस्पिटलसँग सम्झौता भएको थापाले बताए ।
उनका अनुसार ब्रोडकास्टिङ पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजनसँग सहकार्य भएको छ । भने, अन्य विभिन्न संस्था तथा कम्पनीसँग सहकार्यको तयारी भइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

तेस्रो मनकामना महोत्सव२०८३मा दोस्रो होमबहादुर राना कपको उपाधी बिरुवालाई

October 31, 2026

तेस्रो मनकामना महोत्सव : आयोजक मनकामना रातो फाइनलमा प्रवेश

October 29, 2026

तेस्रो मनकामना महोत्सवमा साही फलफूललाई हराउँदै बिरुवा विजयी

October 29, 2026

मनकामना महोत्सवमा होमबहादुर राना कप भलिबल प्रतियोगिताको उद्घाटन

October 28, 2026

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026

सर्वाधिक पढिएका

खेलकुद

पोखरामा हुने ‘फेवा किङ्स कप’को तयारी पूरा, ६ टिम भिड्ने

November 24, 2026
समाचार

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

November 19, 2026
समाचार

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

November 18, 2026
समाचार

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

November 17, 2026
समाचार

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

November 15, 2026
समाचार

आदर्श युवा क्लबको नेतृत्वमा विष्णु हमाल

November 7, 2026

ताजा समाचार

पोखरामा हुने ‘फेवा किङ्स कप’को तयारी पूरा, ६ टिम भिड्ने

बिरुवा खबर
November 24, 2026
0

युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

बिरुवा खबर
November 19, 2026
0

स्याङ्जाको कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुने

बिरुवा खबर
November 18, 2026
0

पत्रकार सुमन थापा सिञ्जालीमगरलाई युवा पत्रकारिता पुरस्कार

बिरुवा खबर
November 17, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन